सिमकोटमा मनाइयो ६० औँ राष्ट्रिय बाल दिवस

दाने बोहरा शनिबार, भाद्र २९, २०८१

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट सहित जिल्लाभर विभिन्न कार्यक्रम गरी ६० औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस जिल्लाका विभिन्न ठाउँमा पनि मनाइएको छ । सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया (भाम)को अध्यक्षतामा र सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीको प्रमुख आथित्यमा राष्ट्रिय बाल दिवस मनाइएको थियो । सिमकोट गाउँपालिकाको आयोजना र गुडनेवर इन्टरनेश्नल, अष्ट्रिया साँझेदारी, आधार विकास, एसआइडिसी लगायत संस्थाहरुको प्रायोजनमा बाल दिवस मनाइएको छ ।

मानसरोर माध्यामिक विद्यालयमा सञ्चाल भएको बाल दिवसमा अन्तर विद्यालय स्तरीय दुईवटा विद्यामा कार्यक्रम भएको थियो । आभारभूत तहको नृत्य र माध्यामिक तहको वक्तृत्व कला सञ्चालन भएको थियो । गाउँपालिका भित्र रहेका १६ वटा विभिन्न विद्यालयले आफ्नो सहभागीता जनाएका थिए । १४ वटा आधारभूत तहका विद्यालयले नृत्यमा र सातवटा माध्यामिक विद्यालयले बक्तृत्वकलामा भाग लिएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानध्यापक अमर बहादुर शाहीले बताउनुभयो । गाउँपालिका भित्र रहेका विभिन्न सरकारी तथा गैरसरकारी विद्यालयले उक्त कार्यक्रममा आफ्नो सहभागीता जनाएका थिए ।

जसमा नृत्य तर्फ प्रथम मानसरोवर माध्यामिक विद्यालय, दोस्रोमा बाल मिन्दर माध्यामिक विद्यालय, तेस्रोमा कालाशिल्ता आधारभूत विद्यालय र सान्तवना कैलाश माध्यामिक विद्यालय डाडाफया भएको जानकारी प्राप्त भएको छ । उनिहरुलाई पुरस्कार राशी क्रमश तीन हजार, दुई हजार, पन्ध्र सय र एक हजार रहेको छ ।

त्यसैगरी बक्तृत्व कला तर्फ मानसरोवर माध्यामिक विद्यालय र कर्णाली माध्यामिक विद्यालय प्रथम, दोस्रो सैपाल माध्यामिक विद्यालय, तेस्रो बालमन्दिर माध्यामिक विद्यालय र सान्तवना रामदेब माध्यामिक विद्यालय भएको आयोजक टिमले जानकारी दिएको छ । उनीहरुलाई पनि क्रमश पुरस्कार राशी तीन हजार, दुई हजार, पन्ध्र सय र एक हजार रहेको थियो । यस्तै बाल दिवसमा सहभागी भएका विद्यालयलाई स्टेशनरी कापी, कलम, ज्यामिति बक्स लगायत वितरण गरिएको छ ।

आजै भएको बाल दिवस कार्यक्रममा सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उजीर रोकाया, जिल्ला समन्वय समितिका सदस्य सरीता रावत, सामाजिक विकास कार्यालयका हर्क बहादुर बस्नेत, शिक्षा विकास तथा समन्वय इकाइ समितिका योगेश आले मगर लगायत विभिन्न विद्यालयका प्रधानध्यापक, तथा प्रतिनिधि लगायतको उपस्थित रहेको थियो । बाल दिवस कार्यक्रममा बाल विवाह अन्त्य, बालशोषण, लगायतका विषयमा बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए ।

विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ साल यता भदौ २९ गतेका दिन यो दिवस मनाउन थालिएको हो ।

नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धी पारित भयो । त्यसपछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालिएको हो । सोही अनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ साल यता भदौ २९ गतेबाट राष्ट्रिय बाल दिवस मनाइँदै आइरहेको छ ।

६० औँ राष्ट्रिय बाल दिवसमा लिइएका तस्विर

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]