अर्घानिक खेती प्रविधि तथा बजारीकरण सम्बन्धि एक दिने अभिमुखीकरण सम्पन्न

Nepal Chek बिहिबार, बैशाख १३, २०८१

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले अर्घानिक खेती प्रविधि तथा बजारीकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष शुसिला रोकाया (भाम)को अध्यक्षतामा र गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाको प्रमुख आथित्यमा र ग्रेप परियोजना हुम्लाका प्रमुख गोविन्द पण्डित,कृषि शाखा प्रमुख नेत्र बहादुर शाही लगायत विभिन्न कृषकहरुको सहभागीतामा एकदिने अधिमुखीकरण गोष्ठी सम्पन्न भएको गाउँपालिका कृषि शाखामा कार्यरत शुसिला ओलीले बताउनुभयो । अभिमुखीकरण गोष्ठीमा वडा एकदेखि आठसम्मका कृषकको सहभागीता रहेको ओलीले जानकारी दिनुभयो ।

बुधबार भएको उक्त कार्यक्रममा ग्रेप परियोजनाका प्रमुख पण्डितले कृषिजन्य उपजको बजारीकरणमा देखा परेका समस्या, बजारीकरणमा तरकारीको महत्व, बजारीकरण वा विक्रीमा समस्या किन हुन्छ भन्ने लगायतका बारेमा जानगरी गराउनुभएको थियो ।

उहाँका अनुसार स्थानीय उत्पादनलाई प्राथमिकता दिनुको साट्टो बजारमा पाइने अण्डा, मासुमा कम पौष्टि हुने वस्तुमा बढी रुची राख्ने गरेको बताउनुभयो । प्राय किसानले एउटै प्रकारको तरकारी तथा फलफुल उत्पदान गरेका कारण पनि बजारीकरणमा थप चुनौती देखिने गरेको ग्रेपका प्रमुख पण्डितले बताउनुभयो ।

व्यावसायिक कृषि पेसा अवलम्बन गरेका कृषकले आफ्नो उत्पादनलाई बजारीकरण गर्ने सुविधा÷पहँच नहुनुले ठूलो घाटा व्यहोर्नु परेको अवस्था रहेको कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष रोकाया (भाम)ले बताउनुभयो । हुम्ला बेमौसमी तरकारीका लागि ठूलो सम्भावना बोकेको जिल्ला रहेको सिमकोट गाउँपालिका कार्यवाहक तथा उपाध्यक्ष रोकायाको भनाई छ । किसानले उत्पादन गरेका तरकारीको उचित मूल्य र बजारीकरणमा जोड दिनु आजको आवश्यकता रहेको गाउँपालिका कार्यवाहक अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]