एमाले हुम्ला अध्यक्षमा बुमी सहित प्यानल नै निर्वाचीत

Nepal Chek सोमबार, बैशाख ०३, २०८१

सिमकोट । नेकपा एमाले हुम्लाको दशौं जिल्ला अधिवेशनमा शिर्ष नेतृत्वले नेतृत्व छनोट गर्न नसक्दा चुनाव भएर अध्यक्षमा ज्ञामी बुमी निर्वाचती हुनु भएको छ ।

आइतबार साँझ पाँच बजेबाट मतदान भएर राती मतगणना भएको थियो । जिल्ला नेतृत्वका लागि दुई प्यानल खडा भएर चुनावी मैदानमा उत्रिएका थियो । एमाले जिल्ला पार्टी अध्यक्षमा बुमी निर्वाचित हुनु भएको छ । बुमी १ सय २४ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचीत हुनु भएको हो । भने उहाँका प्रतिद्धन्दी डबल रावतले एक सय १९ मत प्राप्त गर्नु भएको । अध्यक्ष पदमा बुमीले ५ मत बढी प्राप्त गरेर विजयी हुनुभएको हो । बुमीको प्यानल नै उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुल्ला उपसचिवको पदाकारी पदमा निर्वाचीत भएका छन् ।

सबै भन्दा बढी लोकप्रिय मत पाएर प्रकाश बहादुर शाही उपाध्यक्षमा निर्वाचीत हुनु भएको छ । उपाध्यक्षमा शाहीले १ सय ६२ मतले विजयी हुनुभयो । भने उहाँका प्रतिस्पर्धी उब्जन मल्ल ८० मत प्राप्त गर्नुभयो । यस्तै सचिव पदमा तीर्थराज बोहरा १ सय ३९ मत ल्याएर निर्वाचीत हुनु भएको हो । भने उहाँका प्रतिस्पर्धी गोकुल बुढाले १ सय ३ मत प्राप्त गर्नुभयो । खुल्ला उपसचिवमा प्रदिप लामाले १ सय ३३ मत ल्याएर विजयी हुनुभयो । भने उहाँका प्रतिद्वन्द्वी बुध भण्डारी १ सय १ मत ल्याउनु भएको हो । यस्तै महिला उपसचिवमा मञ्जु रावलले १ सय ३४ मत ल्याएर विजयी हुनुभयो । भने उहाँका प्रतिद्वन्द्वी बिमला कुमारी शाहीले ९५ मत प्राप्त गर्नुभयो ।

जिल्लाबाट नेतृत्व गर्ने केन्द्रिय स्तरका नेता विभाजित भएका छन् । एमाले केन्द्रीय सदस्यद्धय दल रावल र छक्क बहादुर लामा एक कित्तामा छन् । भने उनिहरुको प्यानलका निर्वाचीत जिल्ला अध्यक्ष बुमी सहितको टिम निर्वाचीत भएको छ । यस्तै एमाले केन्द्रीय सदस्य दल बहादुर फडेरा र स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटी प्यानल पराजीत भएको हो । भने रावत जिल्ला पार्टी अध्यक्षका उम्मेदवारी सहित आफ्नो प्यालन सहित चिर्वाचनमा खडा हुनु भएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]