बोक्चेगौडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ

Nepal Chek आइतबार, आश्विन ०७, २०८०

सिमकोट । साउन १३ गते परेको अविरल वर्षा र केही दिन अघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडादेखि छारेसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवातजावतमा कठिनाइ भएको छ ।

अविरल वर्षाले बोक्चेगौडा, सुनाखाडा, लालीबगर,मुसेडी छारे लगायतका विभिन्न ठाउँमा सडक भत्किएपछि कर्णाली करिडोरअन्तर्गत सिमकोट–खार्पुनाथखण्ड अवरुद्ध भएको छ । यो सडकखण्डमा सवारी साधन सञ्चालनमा नआएपनि दैनिक दिन आवतजावत गर्ने बटुवा र खच्चड व्यवसायीलाई समस्या बनाएको छ ।

यी क्षेत्रमा वर्षाले ठाउँ–ठाउँमा सडक भत्किएर आवतजावतमा समस्या भएको खार्पुनाथ गाउँपालिका– १ पिउस गाउँका भैरव शाहीले बताउनुभयो । अवरुद्ध सडड तथा बाटो खुलाउन सरोकारवाला निकायले कुनै चासो र चिन्ता नगरेको सर्वसाधरणको गुनासो छ । सडक अवरुद्धसँगै सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या देखिएको छ । भने बाटो अवरुद्धले यस क्षेत्रका स्थानीय नागरिक, बिरामीलाई सदरमुकाम सिमकोट आवतजावत गर्न सकस भएको पाइएको छ ।

विभिन्न ठाउँमा सडक माथिबाट भासिदा सदरमुकाम जान र दक्षिणी क्षेत्रका गाउँपालिकामा जान समेत थप समस्या बनाएको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका नर बहादुर भण्डारीले बताउनुभयो । आफु सिमकोटबाट कामको शिलशिलामा चंखेली गाउँपालिकामा जानेक्रममा विभिन्न ठाउँमा भत्किएको सडकबाट जोखिम मोलेर जानु परेको बताउनुभयो । चंखेली पुग्न सिमकोटबाट दुई दिन लाग्छ तर बालक, वृद्धवृद्धालाई यो क्षेत्रको बाटोमा थप समस्या देखिएको भताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति हुम्ला, खार्पुनाथ गाउँपालिका र हिल्सा सिमकोट सडक योजना हुम्लाले कुनै चासो दिएको छैन । वर्षाले यसखण्डका विभिन्न ठाउँमा पहिरोले सडक भत्किएको छ ।

सलिसल्लादेखि सिमकोटसम्म ढुवानी गर्दै आएका खच्चडलाई भने थप समस्या भएको छ । भारी बोकेका खच्चडलाई आउजाउमा निकै कठिनाई हुने गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]