सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका –५ को भुवाँ गाउँमा पशु चराउन गएका एक वृद्धाका लडेर मृत्युभएको छ । सर्केगार्ड गाउँपालिका–५ को भुवा गाउँका ६२ वर्षका मानसिंह सार्कीको वनमा पशु चराउन गएको बेला दिउँसो १ बजेको समयमा झरो टिप्ने क्रममा सेलपंसा भीरमा चिप्लेर खस्दा घटना स्थलमै मृत्यु भएको गोठी गाउँका सूर्यबहादुर शाहीले बताउनुभयो ।
वनमा पशु चराउन गएका सार्की भीरमा चिप्लेर लडेर मृत्यु भएको हो । पशु चराई रहेको बेला घरमा उज्यालो गर्नका लागि सल्लाको झरो चिरेर टिप्ने क्रममा लडेर उहाँको घटना स्थलमै मृत्यु भएको हो ।
उक्त गाउँमा उज्यालोको अन्य व्यवस्था नभएपछि सल्लाको झरो निकालेर दियालो बालेर उज्यालो गरिन्छ । मृतक सार्की वडा नम्बर ५ कै धुमचुमी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुनुहुन्थ्यो । मृतक सार्की मस्टो देवताको धामी समेत हुनुहुन्थ्यो । सार्कीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहर िनायव उपरिक्षक भिमलाल भट्टराईले बताउनुभयो ।