हुम्लामा भीरबाट लडेर एकको मृत्यु

Nepal Chek मंगलबार, साउन ३०, २०८०

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । ताँजकोट गाउँपालिका–४ का २० बर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्युभएको प्रहरीले जनाएको छ । पानलोटी भिरबाट लडेर ढकालको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

वर्षा यामको समयमा गाईवस्तु चरिचराउका लागि खर्क लगिने भएकाले अदानचुली र ताँजाकोटको बिच भागमा पर्ने पानलोटी खर्कमा घाँस काट्ने समयमा लडेर मृत्यु भएको ताँजकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकाले बताउनुभयो ।

सोमबार दिउँसो भैसिलाई घाँस काट्न भन्दै बास बस्ने ठाउँबाट निस्किएका ढकाल भिरबाट दिउसो लडेको हुन सक्ने उहाँले बताउनुभयो । दिनमा घाँस काट्न गएका ढकाल साझँ अबेर सम्म बास बस्ने खर्कमा नआएपछि खोजी गर्दा भिर भन्दा तल मृत अवस्थामा भेटिएका हुन् ।

बास बस्ने खर्कबाट घाँस काट्न एक्लै गएकाले दिउँसो कतीखेर लडेका हुन भन्ने कसैलाई थाहा नभएको र बेलुका बिहानसम्म घर नआएपछि मङ्गलबार खोजीमा जाँदा भिरको तल पट्टि मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेको स्वास्थ्य सयोजक ढकालले बताउनुभयो ।

भीरबाट ५ सय मिटर तल खसेर मृत्यु भएकोले प्रहरीले जनाएको छ । घट्नाका बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भीमला भट्टराईले बताउनुभयो ।

 

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]