खच्चामा सडक भाँसिदा यातायात अवरुद्ध

Nepal Chek सोमबार, जेठ ०८, २०८०

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ मा पर्ने खच्चामा सडक भाँसिदा यातायात सेवा अवरुद्ध बनेको छ ।

कर्णाली करिडोरअन्तर्गतको खच्चा सडक तीन दिनदेखि अवरुद्ध बनेको हो । उक्त स्थानमा सडक भाँसिदा दुईतर्फी सवारी आवगमन अवरु भएको छ । चर्को घाम लागेका कारण सडकको केही भाग भाँसिएको हो । सडकको भाग चिराचिरा परेर भाँसिदै जान लागेकाले कर्णाली नदी किरानादेखि नै ग्याबीन नहालेसम्म यातायात सञ्चालनमा आउन नसक्ने देखिएको यात्रु धना बुढाले बताउनुभयो ।

बुढाले भन्नुभयो, आफुहरु गाडीमा खच्चासम्म पुगे र त्यहाँ सडक भाँसिदै गएकाले आवातजावतमा समेत कठिनाई भएको छ । तत्काल मर्मत गरेर सञ्चालनमा आउने सम्भावना कमै देखिएको छ । आफुहरु खच्चा पुग्दा तुम्च प्रहरी चौकीले खच्चाको सडक भाँसिदै गएकाले यातायात सेवा बन्द गराएको बुढाले बताउनुभयो ।

शुक्रबार दिउँसो देखि सकडको केही चिरा पर्दै गएकाले सवारी आवातजावत सम्भव नदेखिएपनि बन्द गरिएको तुम्च प्रहरी चौकीले जनाएको छ । सडक भाँसिदै गएपछि खच्चामा रहेका होटेल व्यवसायीले बासस्थान्तर गरेका छन् । सडक छेउछाउमा रहेका व्यवसायीले सडकभन्दा २० देखि ३० मिटर टाढा बसाँई सारेका छन् ।

सर्केगाड गाउँपालिका–१ सलीसल्ला बजारदेखि खच्चासम्म गाडी जान्छन् भने कवाडी देखि खच्चा सम्म मात्रै यातायात सेवा सञ्चालन हुने गरेका छन् । अवरुद्ध भएको खच्चा सडक तत्काल मर्मतसम्भार गर्न भने सम्भव देखिएको छैन् । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट सवारीसाधन आउँछन् त्यतैतर्फ सवारीसाधान फर्काइने गरिन्छ ।

खच्चा क्षेत्र सडकको माटो मसिनो भएकाले वर्षा हुँदा र चर्को घाम लाग्दा भाँसिने सम्भावना धेरै भएको स्थानीय बताउँछन् । त्यहीँ भएर चर्को घाम लागेका कारण सडक चर्किदै गएको हो ।

खच्चा क्षेत्रको सडक राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ भने मालबाह देखि यात्रुबहाक बसले सुर्खेत,नेपालगञ्जबाट हुम्लाको सलीसल्लासम्म सिधै आवतजावत गरिरहेका थिए । शुक्रबार सडक भाँसिदा त्यस क्षेत्रमा यातायातको आवातजावत बन्द भएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]