सिमकोट । हुम्लाको सिमकोट–१ ठेहेको ग्याग्रुमा काठ बोकेको ट्याक्टर शनिबार साँझ दुर्घटना हुँदा दुई जना बालक घाइते भएका छन् । लु ४ त ३२०८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ग्याग्रु भन्ने स्थानमा ट्याक्टरको पछाडिको ट्रालीको टायरमा ढुंगा लाग्दा रोडको भित्तामा ठोकिएर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना भएपनि २५ वर्षिय शिबराज कठायत चालकले आफै फोन गरेर प्रहरीलाई खबर गरेका थिए ।
काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा उक्त स्थानमा दुई जना बालक घाइते भएका छन् । सिमकोट गाउँपालिका–२ निवासी गाउँका प्रमेश सुनार र खार्पुनाथ गाउँपालिका–५ का अनिल सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
घाइते भएका दुबै बालकलाई ठेहे स्वास्थ्यचौकीका स्वाथ्यकर्मीले बाटोमै प्रामिक उपचार गरेर सदरमुकाममा रहेको जिल्ला अस्पतालमा रिफर गरेको ठेहे स्वास्थ्यचौकीका प्रमुख दान बहादुर बोहराले बताउनुभयो । दुर्घटना घाइते भएका दुई जना बालकको टाउका चोट लागेको बताइएको छ ।
उपचारका लागि जिल्ला अस्पतालमा पुर्याइएका दुबै जना बालकका अवस्था अहिले सामान्य रहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।
ट्याक्टर चालकलाई भने केही नभएको र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उक्त ट्याक्टर नाम्खाका छेपाल लामाको रहेको बताइएको छ ।