खराब मौसमले अवरुद्ध हवाई सेवा सुचारु

नेपालचेक समाचारदाता शुक्रबार, बैशाख २२, २०८०

सिमकोट । गएको आइतबारदेखि अवरुद्ध भएको हवाई सेवा शुक्रबार विहानबाट सुचारु भएको छ । खराब मौसमका कारण छ दिनदेखि अवरुद्ध भएको एक मात्रै अन्तर जिल्ला जोड्ने यातायातको साधन हवाई सेवा सुचारु भएको हो ।

सकड सञ्चालसँग नजोडिएको हुम्लामा लगातारको वर्षा र बाक्लो बादल लागेर खराब मौसमले अवरुद्ध हवाई सेवा सुरुचारु भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान हुन नसकेको छ दिनपछि निजी एयरलाइन्सले मौसम सुभार भएसँगै आफ्नो उडान सुचारु गरेका छन् ।

नेपालगञ्जदेखि हुम्लामा समिट, एयरले उडान भरेको नागरिक उड्डययन प्राधिकरण सिमकोट शाखाले जनाएको छ । हुम्लाका लागि समिट एयरले उडान सुचारु गरेपछि नेपालगञ्ज र हुम्लामा अलपत्र परेका यात्रु गन्तव्यतर्फ जान थालेका छन् । समिटएयरले हुम्लाका लागि शुक्रबार नेपालगञ्जबाट दुई र सुर्खेतबाट एउटा उडान भरेको छ ।

उडान सुचारु भएसँगै नेपालगञ्ज, सुर्खेतबाट जिल्लामा दैनिक उपभोग्य सामग्रीदेखि खाद्यन्न, बजार व्यवसायीको सामग्री लगायत निर्माण कार्यका सामग्री भित्रीन सुरु भएको हो ।

जिल्लामा अलपत्र नागरीक हवाई सेवा मौसम सुधार हुँदा सञ्चालनमा आएसँगै जिल्ला बाहिर झर्नुका साथै जिल्लाबािहरबाट सिमकोट भित्रीएको नागरिक उड्डययन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले बताउनुभयो ।

हुम्लाबाट अन्तर जिल्ला पुग्ने छिटो, छरितोको एक मात्रै साधन हवाई यातायात रहेको छ । सिमकोटदेखि नेपालगञ्ज पुग्न ४५ मिनेट लाग्छ भने सुर्खेत पुग्न ३५ मिनेट लाग्ने गर्छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]