चितवनमा २ : मा रवि लामिछाने चार गुणा बढी मत अन्तरले अगाडि

नेपालचेक समाचारदाता मंगलबार, बैशाख १२, २०८०

चितवन  । चितवन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रवि लामिछाने चार गुणा बढी मत अन्तरले अगाडि रहेका छन ।

५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत साथ अग्रस्थानमा रहेका छन । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।

रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन्।

७८ हजार २७७ मत खसेकोमा अब २१ हजार ७७७ मत गणना हुन बाँकी छ ।  मसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिसप्रधि उमेश श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका थिए । अहिलेसम्म भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ । अब कालिका नगरपालिकाको मतगणना सुरु हुँदैछ । लामिछानेले भरतपुर र इच्छाकामना दुवै ठाउँमा आम निर्वाचनमा भन्दा बढाएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा