सिमकोट । वर्षायाम सुरु भएसँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका चौरी यतिबेला लेख (खर्क) मा सार्न सुरु भएको छ । जाडोयामको ६ महिना बेँसी झरेका चौरी वर्षायाम सुरु भएसँगै ६ महिला लेख तिर चरिचराउका लिने गरिन्छ ।
जाडोयाम सुरु भएसँगै गाउँमा ल्याइएका चौरी वर्षा लागेपछि आजभोली लेख (खर्क) लिन सुरु गरिएको स्थानीय कुन्जोक लामाले बताउनुभयो । उच्च लेकाली क्षेत्रमा पालिएका चौँरी गर्मीमा लेक तथा जाडोमा बेसी झार्ने गरिन्छ । लेख िितर लिएपछि घुम्ती गोठ बनाएर चौरी पालन गर्दै आउने गरेको लामाले बताउनुभयो । चौरी पालक किसानले चरनका लागि चौँरीलाई गर्मी महिनामा लिमीको उच्च क्षेत्रमा रहेको इङ खोला चौरी पालनका लागि लिने गरेको उहाँले बताउनुभयो ।
वडा–६ लिमीको तीनल, जाङ र हल्जि गाउँका स्थानीयले यतिबेला चौरीलाई पालनका लागि गाउँभन्दा टाढा रहेको इङ खोला लिन सुरु गरेका छन् । यि तीन गाउँमा झण्डै २०० भन्दा बढी चौरी रहेको लामाले बताउनुभयो । ती सबै चौरी लेख तिर सार्न सुरु गरिएको छ ।
उत्तरी नाम्खा उच्च क्षेत्र रहेका यहाँ अत्याधिक चिसो हुनुका साथै हिमपात समेत हुन्छ । बेंसी झारिएका चौँरीलाई वैशाख लागेपछि पुनः (लेक) लिन थालिएको हो । चिसो छल्न बेँसी झरे पनि चौँरीलाई चरनको समस्या हुने भएकाले लेख तिर चाडो लिन लागिएको हो ।
यस्तै जाडो समय बेँसी झारिएका सिमकोट, खार्पुनाथ, सर्केगाड लगायतका गाउँपालिकाका भेडिबाख्रा, गाइगोरु समेत लेख तिर सार्न सुरु गरिएको छ ।
सिमकोट–२ ठेहेका भेडापालक कालु बोहराले भन्नुभयो, “जाडोमा बेँसीतिर झार्छौँं गर्मी सुरु भएपछि फेरि लेकतिर लिने गर्छौ, जाडोले पशुचौपाया मात्र नभइ मानिसलाई समेत समस्या हुने भएकाल बेँसी झर्नु बाध्यता हुन्छ । वर्षायाममा गर्मी हुन्छ, लेखमा रहेका पाटनमा बुकी पलाउनुका साथै पशुचौपायका लागि घास राम्रो पाउने हुँदा वैशाखबाट लिन सुरु गरिन्छ ।”
सिमकोट गाउँपालिकाका कृषकले चुवाखोलामा पशुचौपाय पालनका लागि लिने गर्दछन् भने चुवखोला उपयुक्त क्षेत्र हो । यहाँका किसान छ महिना लेकतिर र छ महिना बेँसीतिरको खर्कमा चौँरी तथा भेडाबाख्रा, गाईभैँसी पाल्दै आएका छन् ।
यस्तै पालनका लागि जिल्ला बाहिर बझाङ, अछाम लगायतका जिल्लामा लिइएका भेडाबाख्रा समेत यो समय लेख तिर ल्याउन थालिएको छ ।