हुम्लामा हिमपात,जनजीवन कष्टकर

नेपालचेक समाचारदाता शुक्रबार, माघ ०६, २०७९

सिमकोट । हिमाली जिल्ला हुम्लामा बिहिबार रातीदेखि हिमपात सुरु भएको छ । हिउँयामको हिमपात हुने मङ्सिर, पुस दुई महिना हिमपात नभएपनि माघ पहिलो सातादेखि जिल्लामा हिउँ थालेको छ । हुम्ला सहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिहिबार रातिदेखि हिमपात सुरू भएको छ ।

उच्च हिमाली जिल्ला हुम्लामा हिमपात हुँदा यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हल्का मात्रै उत्तीर नाम्खामा हिउँ परेको थियो । जिल्लामा बिहिबार रातीदेखि हिमपात हुँदा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय विहानै उठेर फोटो खिच्न थालेका छन् भने सामाजिक सञ्जलामा पोष्ट गर्न सुरु गरेर हिउँमा रमाइरहेका छन् ।
बिहिबार रातिदेखि हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको जनजीवन थप कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीयको भनाइ छ ।

सदरमुकाम सिमकोटमा पनि बिहानदेखि हिमपातसँगै चिसो पनि बढेको छ । जिल्लाको तापक्रम माइनमा झरेको छ । माघ पहिलो साता हिमपात हुँदा चैत, बैशाखमा खेतमा छर्किने कोदो, चिनु, फापर लगायतको कात्तिके बाली सपिर्ने आशामा हुम्लाका किसान छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]