पुस २७ सार्वजनिक बिदा दिने सरकारको निर्णय

नेपालचेक समाचारदाता सोमबार, पौष २५, २०७९

काठमाडौँ । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वीजयन्तीको दिन बिदा दिने निर्णय गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्न पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने र सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिनुअघि पृथ्वीजयन्तीमा बिदा दिने सरकारले निर्णय गरेको हो।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा