सिमकोट गाउँपालिकाद्धारा कानुन निर्माण

नेपालचेक समाचारदाता सोमबार, पौष २५, २०७९

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाको हिउँदे गाउँ सभाले २५ वटा ऐन कानुन पारित गरेको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा बसेको गाउँसभामा विधान समितिले पेस गरेका तीन कानुनमाथि छलफल गर्दै पारित सभाका सदस्यहरूले पारित गरेका हुन् ।

हिउँदे गाउँसभाद्वारा विभिन्न २५ वटा कानुन पारित गर्न सफल भएको सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । विधान समितिका संयोजक कार्यपालिकाकी सदस्य काङसो लामाद्वारा सभामा प्रस्तुुत भएको ती कानुन सर्वसम्मत पारित गरिएको अध्यक्ष भण्डारीले जनाउनुभयो ।

सभाद्वारा पारित भएको कानुनमा खानेपानी सरसफाइ स्वच्छता, सूचना व्यवस्थापन प्रणाली निर्देशिका, सुरक्षित खानेपानीयुक्त समुदाय पोषण निर्देशिका, सिमकोट गाउँपालिका अनुुगमन तथा सुपरिवेक्षण समितिको कार्य सञ्चालन कार्यविधि, सिमकोट गाउँपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन, सिमकोट गाउँपालिकाको स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि, गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि, व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि, त्रिवर्षीय क्षमता विकास योजना, बालबालिकासम्बन्धी ऐन, फोहोर–मैला व्यवस्थापन कार्यविधि, स्थानीय पूर्वाधार मर्मत सम्भार कोष तथा कार्यसञ्चालन कार्यविधि रहेका छन् ।

त्यसैगरी, सभाद्वारा पारित भएका अन्य कानुनमा स्थानीय पूर्वाधार विकास आयोजना सञ्चालन कार्यविधि, मध्यकालीन खर्च संरचना, वातावरण तथा सामाजिक जोखिम प्रभाव अध्ययन दिग्दर्शन, सुशासन तथा स्थानीय सेवा समिति गठन तथा सञ्चालन कार्यविधि, विधान समिति गठन तथा सञ्चालन कार्यविधि, लेखा समितिको कार्य सञ्चालन कार्यविधि, प्रथम आवधिक योजना, बालमैत्री स्थानीय शासन कार्यान्वयन दिग्दर्शन, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, स्थानीय राजपत्र निर्देशिका र रैथाने बाली संरक्षण तथा व्यवस्थापन कार्यविधि छन् । ती कानुन सबैलाई २०७९ नाम दिइएको छ । सभाद्वारा पारित ऐन कानुनमाथि सभाका सदस्यहरूले छलफलसमेत गरेका थिए ।

सभाबाट पारित भएको कानुन राजपत्रमा प्रकाशन गरेर तत्काल कार्यान्वयनमा ल्याउने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो । सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभाले हालसम्मको आयव्ययको प्रस्ताव पारित गरेको अधिकृत रोकायाले जनाउनुभयो । गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया भामद्वारा सभामा प्रस्ताव भएको आयव्ययको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको हो ।

उपाध्यक्ष रोकायाले गाउँपालिकाको हालसम्मको आम्दानी ५७ करोड ८५ लाख ९७ हजार ४०५ रुपैयाँ रहेकामा पुुस २२ गतेसम्मको खर्च १३ करोड ६९ लाख ५७ हजार ६४१ रुपैयाँ खर्च भएको प्रस्ताव सभामा पेस गर्नुभएको थियो । गाउँसभाका सभामुख एवं गाउँपालिका अध्यक्ष विजय भण्डारीले उपाध्यक्ष रोकायाले पेस गर्नुभएको आयव्ययको प्रस्तावलाई पारित गरियोस् भनेर प्रस्ताव राख्नुभएको थियो । गाउँपालिकाले ६ महिनाको अवधिमा २३ दशमलव ६७ प्रतिशत वित्तीय प्रगति भएको विवरण सभामा पेश गरेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]