हुम्ला जिल्लाका चारवटा गाउँपालिकामा बालविवाह विरुद्ध र्याली कार्यक्रम सम्पन्न

हुम्ला जिल्लाका चारवटा गाउँपालिकामा बालविवाह विरुद्धको र्याली कार्यक्रम सम्पन्न भएको छ ।

नेपालचेक समाचारदाता मंगलबार, भाद्र १४, २०७९

हुम्ला जिल्लाका चारवटा गाउँपालिकामा बालविवाह विरुद्धको र्याली कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको चंखेली वडा नम्वर २ को गोर्खा,सर्केगाड वडा नम्वर ४ को सर्केगाड, खार्पूनाथ वडा नम्वर ४ को छिप्रा सिमकोट गाउँपलिका वडा नम्वर २ को ठेहे मा बाल विवाह विरुद्ध जनचेतनामूलक र्याली कार्यक्रम सन्चालन गरिएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र कार्यक्रम सञ्चालन भएका सम्वन्धित चारवटा गाउँपालिकाको समन्वयमा एकृकित सामुदायिक विकास परियोजना अन्तरगत किडार्क नेपाल हुम्लाको आयोजनामा “सबै जुटौ वालविवाह रोकौ” र “विवाह वारी बिस वर्ष पारी” भन्ने मूल नाराका साथ बालविवाह विरुद्ध जनचेतनामूलक र्याली सम्पन्न गरिएको गुड नेवर्स  इन्टरनेशनल नेपालका जिल्ला संयोजक नारायण प्रसाद चौधरीले जानकारी दिए ।

चारवटा गाउँपालिकाका ३ सय ८५ जना सहभागिता मध्ये कार्यक्रममा १ सय ४५ जना पुरुष र २ सय ४० जना महिलाहको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

संयोजक चौधरीका अनुसार प्रत्येक पालिका वाट बाल विवाह सम्बन्धि जनचेतना मूलक सन्देशहरु जोरदारका साथ ब्यानर, हातमा नारा लेखिएको पेलेकार्ड लिएर प्रत्येक पालिका, गाउँ टोल, बस्तीमा हर्सो उल्लासकासाथ र्यालीमा सहभागि  भएका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]