सिमकोट । हुम्लाको एक मात्रै अन्तरजिल्ला जोड्ने हवाई सेवा चार दिनदेखि मौसम खराव हुँदा अवरुद्ध भएको छ । जिल्लामा चार दिनदेखि बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो । मौसम खराब हुँदा पानी परिरहेकाले जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । हवाई उडान नहुँदा विभिन्न कामको शिल्शिला जिल्ला बाहिर जाने हुम्लीलाई थप समस्या बनाएको छ । उडान हुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयात हुन सकिरहेको छैन् ।
हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बदिर्या लगायतका जिल्लामा लाइसेन्सको लागि परिक्षा दिन जाने परिक्षार्थी बढी मारमा रहेको सिमकोट गाउँपालिका वडा नम्बर सातका बिर बहादुर सिंहले बताउनुभयो । लाइसेन्सको लागि नेपालगञ्ज झर्नका लागि आफु जिल्ला बाहिर जानको लागि सिमकोट आएको हप्तादिन भइसक्यो तर उडान नहुँदा समस्या भएको बताउनुभयो । हवाई उडान भएको समयमा टिकट नपाएको अहिले चार दिनदेखि मौसम खराब भएर उडान अवरुद्ध हुँदा आफुहरुलाई थप समस्या बनाएको सिंहले बताउनुभयो ।
हवाई उडान नियमीत अवरुद्ध हुँदा सिमकोटमा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको छ । सिमकोटमा तेल, चिनी, बेसार,मसाला लगायतको सामाग्रीको अभाव देखिन थालेको पसल व्यवसायीहरुले बताउने गरेका छन् । यस्तै नेपालगञ्ज र सुर्खेतबाट दैनिक दिन भित्री आएको बोइलर कुखुराको मासुका साथै तरकारीको समेत निभीन नसकेको हो ।
तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् भने सिता एयरले दुईदिनदेखि उडान नभरेको विमानस्थल श्रोतले जानकारी दिएको छ । हवाई सञ्चालनमा नआउँदा बजार व्यवसायीका सामान र नेपाल खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेटको चामल समेत ढुवानी हुन नसकेको बताइएको छ ।