हिल्सा र लिमीको प्रहरी चौकीमा पुन: पुगे प्रहरी

नेपालचेक समाचारदाता बुधबार, आषाढ २२, २०७९

सिमकोट। नाँम्खा गाउँपालिका-५ को हिल्सा र ६ को लिमीमा प्रहरी चौकी सञ्चालनमा आएका छन्।

गत कातिक महिनामा हिमपातपछि चौकीबाट फर्किएका प्रहरी नारा लेकको सडक सुचारु भएपछि पुन: चाैकी सञ्चालनमा आएको हो।

प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले आठ महिना बन्द रहेको हिल्सा र लिमीको सुनखानी प्रहरी चौकी पुनः सञ्चालनमा आएको बताए।

प्रहरीहरू सिमकोटबाट गाडी रिजर्भ गरेर हिल्सासम्म गएका हुन्। त्यताबाट भने लिमीको सुनखानी प्रहरी चौकीका प्रहरीहरू एक दिन पैदल हिँडेर पुगेका थिए।

उपरीक्षक ओझाले दुवै चौकीमा प्रहरी पुगेपछि प्रहरी चौकी सञ्चालनमा आएको बताए।

हिल्सामा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी (बिओपी) बस्दै आएको थियो। तर लिमीमा हिउँदमा प्रहरी सिमकाेटमा फर्कने भएपछि सो चाैकी बन्द रहँदै आएको थियो।

चौकीमा प्रहरी पुगेर सञ्चालनमा आएपछि सीमा सुरक्षा, वन्यजन्तुको संरक्षण र सीमानामा घट्न सक्ने गतिविधि नियन्त्रणमा सहज हुने विश्वास प्रहरीले गरेको छ।

हिल्सा प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १३ जना र सुनखानी प्रहरी चौकी लिमीमा १२ जना प्रहरी हाललाई खटिएका छन्।

२०७८ साल कातिक १५ गते लिमीको प्रहरी चौकी बन्द गरेर सिमकाेटमा फिर्ता भएको थियो भने त्यसको केही समयपछि हिल्साको प्रहरी पनि चौकी बन्द गरेर सिमकाेटमा फिर्ता भएको थियो।

हिल्साको प्रहरी चौकी भाडाको घरमा बस्दै आएको छ भने लिमीको भने आफ्नै भवनमा बस्दै आएको छ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]