हुम्लामा पनि मनाइयो विश्व वातावरण दिवस

नेपालचेक समाचारदाता आइतबार, जेठ २२, २०७९

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय हुम्लाको आयोजनामा आज सदरमुकाम सिमकोट बजार सरसफाई गरिएको हो । सदरमुकाम सिमकोट तल्लो र माथिल्लो बजार सरसफाई गरिनुका साथै अन्य विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

यस्तै विश्व वातावरण दिवसको अवसरमा नेपाली सेनाको हुम्लाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गरिएको हो । बराह दल गुल्मको रानीवनमा खाली रहेको पाखो जमिनमा विभिन्न जातका बोटविरुवा वृक्षारोपण गरिएको बताइएको छ । रानीवनलाई हराबरा बनाउने उदेश्यका साथ दुई वर्षदेखि सो वनमा वृक्षारोपण गरिदैँ आएको छ ।

डिभिजन वन कार्यालयले उपलब्ध गराएर चुली (आरु प्रजातिको बिरुवा) तथा सल्लाका बिरुवा लाइएको हो । वृक्षारोपण कार्यक्रममा जिल्ला न्यायधीस जगतबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी सीता परीयार, प्रहरी नायव उपरीक्ष कृष्ण राज ओझा लगायतको सहभागीता रहेको थियो । विनास हुँदै गएको जंगलको संरक्षण गर्नु र खाली पाखाको नयाँ बिरुवा लगउने कार्यले नयाँ सन्ततिलाई सहज हुने सहभागीको भनाई थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]