सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर १ जैरमा एमालेको वडाध्यक्षका साथै वडासदस्य सबै निर्वाचीत भएका छन् ।
हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाको वाड नं. १ (जैर)बाट नेकपा (एमाले)ले विजयको सुरुवात गरेको छ । वडा अध्यक्षका उम्मेद्वार बल कार्कीले ३ सय ३० मत ल्याएका हुन र उनका निकटतम प्रतिद्वन्दी तारसिंह रावतलाई ५० मतको अन्तरले जितेका हुन् ।
तारासिंह रावतले २ सय ८० मत ल्याएका थिए, उनि नेकपा(माओवादी केन्द्र)का तर्फबाट उम्मेद्वार हुन् । त्यसैगरी नेपाली काँग्रेसका अध्यक्षका उम्मेद्वार सुवास रावतले २ सय १८ मत ल्याएका थिए । यससँगै नेकपा एमालेको पुरै प्यानलले जैरमा विजय हाँसिल गरेको छ । खुल्ला सदस्यमा उब्जन मल्ल र दशरे सार्की, दलित महिला सदस्यमा झवला नेपाली र महिला दलित सदस्यमा बाँचुकला रावतले विजय हाँसिल गरेका छन् । मत गणना भइरहाँदाको अहिले सम्मको हुम्ला एमालेको पहिलो विजय हो सुरुवात हो ।