हुम्लामा नमूना मतदानको अभ्यास

नेपालचेक समाचारदाता मंगलबार, बैशाख २७, २०७९

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भाग लिनका लागि नमूना मतदानको अभ्यास गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा अभ्यासका लागि हुम्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ, न्यायाधीशदेखि सञ्चारकर्मीसम्मले मङ्गलबार नमूना मतदानमा भाग लिएका छन् । स्थानीय तहको निर्वाचन ३ दिन मात्रै बाँकी रहेको समयमा हुम्लाको सदरमुकाम सिमकोटमा प्रमुख जिल्ला अधिकारी सीता परियार, न्यायाधीश जगतबहादुर पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावतदेखि लगायतले नमूना मतदान गरेका हुन् ।

सिमकोट गाउँपालिका ६ स्थित कालाशिल्ता आधारभूत विद्यालयमा भएको नमूना मतदान केन्द्रमा नमूना मतदान भएको हो । हुम्लामा मतदाता शिक्षा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिनुभयो । वृद्धवृद्धा अशक्त आशयका लागि मतदाता शिक्षा आवश्यक देखिएको प्रजिअ परियारको भनाइ छ ।

हुम्ला जिल्लामा धेरैजसो मतदाताले मत बदर गर्ने सम्भावना रहेको नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले बताउनुभयो । हुम्लामा ५४ वटा मदतान केन्द्र रहेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]