सिमकोट । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रका लागि खटिएका हुम्लाका ४० वटा कर्मचारीको टोली मतदात सामाग्री बुझेर मतदात केन्द्रतर्फ लागेका छन् । सदरमुकाम सिमकोटमा रहेको सिमकोट र खार्पुनाथ गाउँपालिका बाहेक अन्य पाँचवटा पालिकामा रहेका मतदान केन्द्रमा खटिएका ४० वटा टोली त्य तर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । सदरमुकाम सिमकोटबाट मतदान केन्द्रहरु टाढा हुनुका साथै पैदलमा तीन देखि चार दिनलाग्ने कर्मचारी निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रतर्फ लागेको निर्वाचन कार्यालय हुम्लाका सूचना अधिकारी श्याम बहादुर रानाले बताउनुभयो ।
५४ वटै मतदान केन्द्रका मतदान अधिकृतहरुले सामाग्री बुझि सकेको उहाँले बताउनुभयो । सिमकोट र खार्पुनाथका १४ वटा टोली बाहेक अन्य ४० वटा टोली कतदान केन्द्र तर्फ प्रस्थान गरिसकेका छन् । मतदान केन्द्रतर्फ लागेको टोलीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी, प्रहरी र म्यादीप्रहरी रहेका छन् ।