सिमकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा दुई दिनको अवधिमा चार सय बढी नागरीकले विभिन्न मात्राको खोप लगाएका छन् । बिहिबार जिल्लामा खोप पुगेसँगै बुस्टर सहित पहिलो र दोस्रो मात्राको खोप लगाउने अभियान जिल्ला अस्पताल हुम्लामा जारी रहेको छ ।
जिल्ला अस्पताल हुम्लामा पहिलो दिन एक सय ४५ जनाले विभिन्न मात्राको खोप लगाएका थिए । भेरोसिल महिला ११, पुरुष ११, कोभिशिल्ड महिला ४, पुरुष ३५ जनाले खोप लगाएका हुन् ।
यस्तै ५३ जना बालिका, ३४ जना बालकले कोरोना विरुद्धको मोडर्ना खोप लगाएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताईन् । यसैगरी जिल्ला अस्पताल हुम्लामा दुई सय ५२ जनाले बुस्टर डोजको खोप लगाएका हुन् । जसमा महिला ५६ र पुरुष एक सय ९६ जनाले लगाएको अनमी बोहराले बताईन् । १२ देखि १७ वर्ष उमेरका बालिका ७ र बालक ४ जनाले मोडर्ना खोप लगाएका हुन् ।
यस्तै ११ जना महिला, ९ जना पुरुषले जिल्ला अस्पताल हुम्लाबाट भेरोसिल खोप लगाएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ । आज बालबालिका, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत सञ्चारकर्मीका साथै अन्य सर्वसाधरणले समेत खोप लगाएको जानकारी प्राप्त भएको छ ।
जिल्ला अस्पताल हुम्लामा खोप लगाउने अभियान भोली शनिबार भएकाले बाँकी रहेको डोज पर्सि आइतबार पनि लगाइने भएको छ ।