घर दैलोमा सडक पुगेपछि गोठीका स्थानीयद्वारा खुसीको अनुभुती

नेपालचेक सम्वादाता शुक्रबार, पौष २३, २०७८

२३ पौष, २०७८
सिमकोट 

हुम्लाको दक्षिण भेग सर्केगाड गाउपालिकाको गोठी र कुती गाउँ को घर दैलोमा सडक सञ्जालसँग जोडिएपछि स्थानीयले खुसीको अनुभुति गरेका छन ।

ग्राम्रीण भेगको घरको आँगनमै सडक निर्माण भएर गाडी गुडेपछि स्थानीयले बिकासको अनुभुति गरेको स्थानिय कालि बहादुर छत्यालले बताउनु भएको छ ।

सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँमा पहिलोपटक गाउँमा सामान र यात्रु बोकेको गाडी पुगेपछि गाउँवासी मिलेर खुसीयाली मनाउदै स्थानीयले गाडी चालक र यात्रुलाई फूलमाला, खादा र अबिर लगाएर स्वागत गरेका छत्याले बताए ।

स्थानीयले पहिलोपटक गाडीसमेत देख्न पाएको प्रतिक्रिया दिएका गोठी गाउका स्थानिय बलिराज शाहीले हुम्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका केन्द्र सकेगाडबाट गोठी र कुती गाउँमा सडक सञ्जाल जोडिएपछि अब गाउँमा विकासले फड्को मार्ने विश्वास गोठी गाउका स्थानिय शाहीले बताएका छन ।

सडक निर्माणका लागि बजेट विनियोजन गर्न गाउँपालिकामा निकै घम्साघम्सी परेको स्मरण गदै पहिलो वर्ष सडक निर्माण थालनी गर्दा कसैले नपत्याएता पनि आफ्नो एक्लो प्रयासल दुई वर्ष लगातार निर्माण गरेर गाउँमा सडक पुगेको वडाका अध्यक्ष कर्णजङ्ग शाहीले बताए ।

सर्केगाड गाउपालिकाको गोठी र कुती गाउँको सडकका लागि आर्थिक वर्ष २०७६÷२०७७ प्रदेश र गाउँपालिकाको समपूरक कोषबाट ३७ लाख बजेटमा स्थानीय उपभोक्ताबाट काम भएको थियो । यस आर्थिक वर्ष २०७७÷२०७८ सोही कोषबाट एक करोड २० लाख र गाउँपालिकाको सात लाख गरी एक करोड २७ लाखमा टेण्डर भएर सडक निर्माण कार्य सम्पन्न भएको हो।

कुल एक करोड ६४ लाखमा पाँच किलोमिटर सडक निर्माण भएर दुई वटा गाउँमा सडक पुगेको उनले वडाका अध्यक्ष कर्णजङ्ग शाहीले बताए ।
दुवै गाउँमा सडक जोडिए पनि गोठी ५ क भुवा कल्लास गाउँसम्म जोड्न बाँकी रहेको वडा अध्यक्ष शाहीले जानकारी दिए ।

स्थानीयले गाउँपालिका केन्द्रसम्म दुई घण्टा पैदल हिँडेर जानु पर्ने बाध्यता थियो हाल सर्केगाड गाउपालिकाको गोठी र कुती गाउँको सडक पुगे पछि स्थानीयलाई आवतजावत र खाद्यान्न लगायतका सामग्री ढुवानी गर्न सहज भएको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]