सिमकोट । स्थानीय स्तरमै मिलापत्र गर्ने गरेपछि हुम्ला जिल्लामा मानव अधिकार उल्लघन तथा ज्यादतीका घटनाहरु न्युन देखिएको इन्सेक हुम्लाले कताएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्लाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको वार्षिक पूर्व समीक्षा कार्यक्रम गर्ने क्रममा यो वर्ष जिल्लामा अति न्युन घटनाहरु भएको इन्सेकको अभिलेखले जनाएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार, हुम्लामा मानव अधिकारसँग सम्बन्धित जस्ता सुकै घटनाहरु भए पनि स्थानीयस्तरमै मिलापत्र गर्ने गर्दा जिल्लामा उक्त घटनाहरु न्युन देखिएको हो । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७७ पुस १७ गतेदेखि ०७८ मङसिर १२ गतेसम्मको सङ्कलन गरिएका १० वटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो ।
जसमा सम्मानित रुपले बाँच्न पाउँने अधिकारसँग सम्वन्धित तीन वटा, स्वास्थ्य तथा शिक्षाका अधिकारका एक वटा, महिला सम्वन्धि बलत्कार, बलत्कार प्रयास र यौनदुरव्र्यवहारका पाँच वटा र आर्थिक तथा समाजिक अधिकारको एक वटा घटनाहरु प्रस्तुत गरिएको हो ।
हालसम सँकलन गरिएका तर भेरिफाई गर्न बाँकी रहेका भएमा सम्वन्धित सरोकारवाला निकाय तथा स्थानीय तहमा गएर समेटनु पर्ने कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । इन्सेकले सँकलन गरेका घटनाहरुको सम्वोदन गर्दै उक्त घटना प्रति सम्वन्धित निकायहरुको पनि ध्यान जानु जरुरत देखिएको प्रजिअ आचार्यले भनाई छ ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति बसन्त रोकायाका अनुसार, समाजमा दुुई किसिमका घटनाहरु घट्ने गर्छन तिनी दुईवटै क्षेत्रका घटनालाई सँकलन गरि एउटा अभिलेखीकरण गर्नु सुखद पक्ष रहेको बताए । उनका आनुसार, वर्ष भरि संकलन गरिएको घटनाहरुमा दर्ता प्रक्रियामा गएका मात्रै नभएर अन्य घटनाहरुलाई समेत संकलन गर्न अनुरोध गरे ।
कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावतले हुम्ला जिल्लामा इन्सेकले कुनै पनि घटना संकलन गर्नु पर्दा भौगालिक बिकटताले समस्या हुने गरेको छ । तर त्यसलाई सहज गर्नका लागि इन्सेक केन्द्रले पनि ध्यान दिनु पर्नेमा जोड दिए ।
त्यस्तै प्रहरी नायव उपरीक्षक हेरम्बा शर्माका अनुसार, कुनै पनि व्यक्ति थुनामा रहेर गाँस, बाँस र कपासबाट बञ्चित हुनु मानव अधिकार उल्लघन हो । तर हुम्लामा त्यस्ता खाले घटना नदेखिएकाले सुखद पक्ष रहेको बताए ।
यो वर्ष हुम्लामा खाद्यान्नको अभाव र बाढी पहिरोबाट समस्या झेल्दै आएका घटनाहरुलाई पनि इन्सेकले अभिलेखिकरण गर्दा अझ थप सहारनिय कार्य हुने नेकपा एमाले जिल्ला कमिटिका सदस्य छक्क रोकायाले बताए । कार्यक्रम मानसरोवर होटेलमा विहान ८ वजे सञ्चालन भएको थियो ।