सिमकोट । एकीकृत अखिल नेपाल शिक्षक संगठन हुम्लाको नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार हुम्लाको सर्केगार्ड गाउँपालिकामा सम्पन्न संगठनको तेस्रो औं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । सम्मेलनबाट गंगादत्त जैसीको अध्यक्षतामा गरी २० सदस्यीय जिल्ला समिति गठन गरिएको छ । नयाँ समितिको उपाध्यक्षमा मीनबहादुरावत,सचिवमा हर्कबहादुर बोहरा र कोषध्यक्षका यज्ञबहादुर शाही चयन हुनुभएको […]
सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सुचारु भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो । आइतबार उडान भरेका निजी जहाजले सोमबार विहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको […]
सिमकोट । हुम्लाकाे मध्ये भेगमा रहेको चंखेली गाउँपालिका- ६ चरिगाउँमा बन्चरो प्रहारबाट एकजना घाइते भएका छन् । ४० वर्षीय बाँचे बुढाले बन्चरो प्रहार गर्दा सोही गाउँकै ४० वर्षीय कर बुढा घाइते भएका छन् । हिजो राति भएको झगडापछि बाँचे बुढाले बन्चरो प्रहार गर्दा कर बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मेल्छाम प्रहरी चौकी […]
सिमकोट । साउन १३ र १४ गते परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोले विद्युतमा क्षेति पुर्याउँदा हुम्लाको मध्ये भेगमा रहेका दुईवटा गाउँ अन्धकारमा बस्दै आएका छन् । विद्युत आपूर्ति बन्द हुँदा हुम्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका– २ रिप र ३ उनापानी गाउँका स्थानीय बासिन्दा सल्लाको दियालोको भरमा उज्योलो गर्दै आएका छन् । पहिरोले क्षेती […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र अर्थात याल्वाङ बजार अनुगमन गरिएको छ । नाम्खा गाउँपालिकाले आफ्नो पालिकाभित्रका नागरीकले म्याद गुज्रेका दुषित तथा सडेगलेको अखाद्य पर्दाथ उपयोग गर्न नपरोस् भन्ने हेतुले याल्वाङ बजार अनुगमन गरिएको हो । विहिबार निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर शाहीको नेतृत्वमा याल्वाङ बजार अनुगमन गरिएको सोही पालिकाका कर्मचारी सागर […]
सिमकोट । दुर्गम नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेबाट हुम्ला सहित कर्णालीका हिमाली जिल्लामा दिनको साढे १२ बजेपछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका सम्पुर्ण नागरीक आन्दोलित भएका छन् । प्राधिकरणको नियम विरुद्ध बुधबार विहान हुम्लाका स्थानीय, नागरीक समाज, स्थानीय तहका जनप्रतिनिधि, नागरीक समाज, राजनितीक दल, पत्रकार महासंघ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिनुका […]
सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरीकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । साउन महिनाभरी हुम्ला सहित देशभरको मौसम खराब हुनुका साथै जिल्लामा नियमीत उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको मृत्यु भएको छ । खराब मौसमका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ नियमले दिनको १२ बजेपछि उडान नहुने हुँदा हुम्लाका चार […]
सिमकोट । सोमबार साँझ मुगु जिल्लामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । भने ती सबैको पहिचान खुलेकोछ । सोरु गाउँपालिकामा–७ चिप्लेडाडा(सिप)मा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने ४ हुम्ली रहेका हुन भने १ जना मुगुका गरी पाँच जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सीप पहिरो नजिक […]
सिमकोट । छिमेकी जिल्ला मुगुमको सोरु गाउँपालिका-७ सीप स्थानमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेको तारापानि स्वास्थ्य चौकीमा उपचार भइरहेको मुगु जिल्ला प्रहरी नायव उपरीक्षक महेश बस्नेतले बताउनुभयो । सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जीप पहिरो नजिकैको डिलबाट करिब २ सय […]
सिमकोट । मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोरु गाउँपालिकामा भएको दुर्घटनामा सात जना घाइते भएका छन् । सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७७२ नम्बरको जीप पहिरो नजिकैको डिलबाट करिब २ सय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको सोरुकोट प्रहरी चौकीले जनाएको […]