संसदीय टोलीद्धारा करिडोरको अनुगमन, हुम्लाका सात दलले बुझाए माग पत्र

सिमकोट । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा सडक निर्माणको अवस्था बुझ्न जिल्ला पुगेको संघीय संसदको विकास तथा प्रविधि समितिको टोलीलाई यहाँका सातवटा राजनितीक दलले माग पत्र बुझाएका छन् । निमार्णाधिन कर्णाली करिडोरको हुम्ला सिमकोटदेखि सलीसल्ला खण्डको हेलिकोप्टरमार्फत बिहीबार अनुगमन गरेको हो । समितिकी सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वमा आएको टोलिलाई हुम्ला जिल्लाका सात दलको तर्फबाट […]

हवाई टिकट नपाउँदा विमानस्थलबाट फर्काइए विरामी

सिमकोट । जिल्ला अस्पताल हुम्लाबाट रिफर गरि स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना विरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सिमकोटमा रोकिनु परेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा १ प्युस घर भएका दिर्घरोगी ६० वर्षीय विरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनु परेको हो । उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत […]

वर्षाले पानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको हाहाकार

सिमकोट । आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि यहाँ खानेपानीको चरम हाहाकार भएको छ । पहिरोले हुमाने तथा छ्याल्दर खोलामा रहेको मुहानलाई बगाएको थियो । अहिले सदरमुकामवासीलाई तीनधारा र सिमसार क्षेत्रमा रहेका धारामा घण्टौँसम्म लाइन बसेर पानी थाप्नुपर्ने अवस्था सिर्जना भएको छ । बाढीले बगाएको खानेपानी मर्मतका लागि नेपाली सेना […]

तीन दिनदेखि तुम्लिङ फसेका चार विदेशीको हेलिकप्टोरमार्फत उद्धार

सिमकोट । हिमपातले तीन दिन देखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तुम्लिङमा अलपत्र परेका चार विदेशी सहित तीनजना नेपाली नागरीक गरेर सातजनाको हेलिकप्टोर मार्फत उद्धार गरि सिमकोट ल्याइएको छ । हिमपातले वडा ६ लिमिको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चारजना स्लोभिनियाका नागरीक रहेका हुन् भने तीनजना उनिहरुसँगै गएका नेपाली नागरीक ट्रेकिङगार्ड रहेका छन् । अलपत्रमा परि […]

नाम्खाको तुम्लिङमा फसे चार विदेशी सहित १२ जनाको उद्धार गर्न हेलिकप्टोर सिमकोट पुग्यो

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीको ट्रेकिङमा आएका स्लोभेनियाका ४ नागरिक, ३ जना टुरिस्टगाइड र ५ जना स्थानीय नागरिक आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका हुन् । उनिहरुको उद्धार गर्नका लागि हेलिकप्टोर सिमकोट पुगेको छ । पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको ट्रेकिङ सकाएर सिमकोट फर्किने क्रममा आईतबार रातिबाट परेको बाक्लो […]

पहिरोले पुरिदा एकै घरका ६ जनाको मृत्यु

सिमकोट । हुम्लाको खापुर्नाथ गाउँपालिका वडा ५ खर्पेलगाउँमा पहिरोमा पुरिँदा ६ जनाको मृत्युभएको छ । आइतबार राति देखि आएको लगातारको वर्षाले मङ्गलबार राति धाविरे शाहीको घर माथिबाट आएको पहिरोमा पुरिँदा एकै घरका ६ जनाको पुरिएर मृत्युभएको जिल्ला प्रहररुी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्बा शर्माले बताउनुभयो । खर्पेलगाउँस्थित धनबिरे शाहीको घरमा मङ्गलबार राति माथीबाट खसेको […]

आज विजयादशमी, टीका थाप्ने प्रभावशाली समय बिहान १०ः०२ बजे

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैंको दसैं अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजयादशमीका दिन आज दिनभर देवीको […]

सोलार ब्याट्रीको खपत बढ्यो, महिना दिनदेखि विद्युत् अवरुद्ध

सिमकोट । हुम्लाको जिल्ला सदरमकाम सिमकोटमा यतिखेर विद्युत् आपूर्ति नभएपछि सोलार ब्याट्रीको खपत बढी भएको छ । जिल्लामा करिब एक महिनादेखि हेल्दुङ विद्युत् वितरण केन्द्रबाट प्रसारित विद्युत्ले बेलाबेलामा धोका दिएपछि हाल सदरमुकाम सिमकोटमा सोलार तथा ब्याट्रीको बिक्री बढेको व्यवसायीले बताउने गरेका छन् । सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका अधिकांश नागरिक लामो समयदेखि उज्यालोबाट वञ्चित हुनु […]

दशैंको मुखमा महिना दिनदेखि टेलिफोनले काम गर्न छोड्यो

सिमकोट ।  हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ । नेपालीहरुको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट बञ्चित हुनाका साथै दसैँको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो गर्न थालेका छन् । एक महिनादेखि टेलिफोनको टावरले काम नगर्दा सिमकोट […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]