पार्टी र वाईसिएलको कमिटि गठन गर्दै माओवादी अदानचुलीको भेला सम्पन्न

हुम्ला । पार्टी र युवा संगठन योङ कम्पुनिस्ट (वाइसिएल) को गाउँपालिका स्तरिय कमिटि गठन गर्दै माओवादी केन्द्रको अदानचुली भेला सम्पन्न भएको छ । आइतबारदेखि शुरु भएको भेलाले हरिदल पुनको अध्यक्षतामा ७५ सदस्यीय गाउँकमिटि र मिमबहादुर रोकायाको अध्यक्षतामा ७५ सदस्यीय वाइसिएल गाउँ कमिटि गठन गर्दै सम्पन्न भएको हो । जनयुद्धको झल्को दिने गरेर अदानचुली–को घोडे ढुंगामा शुरु […]

मानव अधिकार एलाइन्स हुम्लाद्धारा गठबन्धन सरकारको ध्यानकर्षण

सिमकोट । नेकपा एमालेको भातृ संगठन “मानव अधिकार एलाइन्स”  मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालद्धारा पार्टीको निर्देशन बमोजिम जिल्लाका ७७ वटै जिल्ला अन्तरगत आज हुम्लामा पनि सत्ता गठनबन्धन सरकारको ध्यानकर्षण गरेको छ । संयुक्त सत्ता गठबन्धनको सरकार गठन भएको एक महिना पुरा हुन लागेपनि देशमा केही उपलब्धीमुलक नभएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत […]

दार्चुला तुइन प्रकरणः छानविनमा भारतीय पक्षको असहयोग

दार्चुला । तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर दार्चुलाका एक युवक बेपत्ता भएको घटनासम्बन्धी अनुसन्धानमा नेपाली टोलीलाई भारतले ‘असहयोग’ गरेको छ । १० दिनभित्र अनुसन्धान नसकिएपछि टोलीलाई गृहमन्त्री बालकृष्ण खाँणले सोमबार ७ दिन म्याद थपिदिएका छन् । दार्चुलाको व्यास–२ मालघाटमा एसएसबीले तुइन फुस्काउँदा महाकालीमा जयसिंह धामी बेपत्ता घटनाको छानबिनका लागि शुक्रबार गाउँ पुगेको गृह मन्त्रालयको टोली । […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिँदै

बुटवल । प्रदेशसभामा अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । बुधबार बिहान लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको उनी निकट श्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठवन्धनसँग बहुमत देखिएपछि […]

देउवा सरकार एक महिनासम्म नाच्दैमा ठिक्क ‘चुनाव आउँदैछ, फेरि मूल गेटबाट प्रवेश गर्छु’

काठमाण्डौ ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन सफल नभए पनि विपक्षी नेताका रुपमा चाहिँ निकै शक्तिशाली पात्र हुन् भन्ने मंगलबार प्रतिनिधिसभामा उनको सवा घण्टा लामो भाषणले फेरि एकचोटि पुष्टि गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि उभिएर एमाले अध्यक्ष ओलीले आफू कमजोर प्रतिपक्ष होइन भन्ने सावित गराएका छन् । देउवा सरकारको आयु १५ महिना […]

अदानचुलीका सबै वडामा एमाले कार्यालय स्थापना

काठमाडौं । केन्द्रमा पार्टी आन्तरिक विवादमा अल्झीएको वेला हिमाली जिल्ला हुम्लाको एमालेले भने आप्mना वडा स्तरका पार्टी कार्यालय स्थापनामा लागेको छ । जिल्लाको अदानचुली गाउँपालिकाका सबै वडामा आप्mना पार्टी कार्यालय स्थापना गरेर एमाले हुम्लाले आप्mनो पार्टी पुर्नजागरणको अभियानलाई तिब्रता दिएको हो । स्थानीय तहको आसन्न निर्वाचनलाई केन्द्रित गरेर माओवादी, कंग्रेसले गाउँमा राजनीतिक गतिविधि सञ्चालन गरेकै […]

बालुवाटारमा भूमिगत गिरोहको उल्कापात

काठमाडौं । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन् । देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन् । स्वकीय सचिवमा सहयोगी भानु देउवालाई नियुक्त गर्ने उनको चाहानामा पत्नी आरजु बाधक बनेकी […]

एमालेमा अध्यक्षलाई शक्तिशाली बनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने बताए । उनले केन्द्रमा रहने […]

मुख्य तीन राजनितीक दलहरुको दैनिक कार्यक्रमले दक्षिण भेगका गाउँ तात्दै

सिमकोट । हुम्ला दक्षिण भेगमा एमाले, कांग्रेस र माओवादीको राजनितीक कार्यक्रमले यतिबेला माहोल तातेको देखीएकोे छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनितीक कार्यक्रम देखि कार्यालय स्थापना र पार्टीका संगठन ब्यूँताउन थालिएको छ । जिल्लाको राजनीतिक अखडा क्षेत्रका रुपमा चिनिने दक्षिण भेगका स्थानीय तहहरुमा दलहरुले आफ्ना गतिविधिलाई केहि समययता देखि तिब्रता दिएका दिदै आएका […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]