उनापानी गाउँका आगलागी पिडितलाई सदरमुकामको सिमकोट गाउँपालिकाको पहिलो राहत

Nepal Chek सोमबार, आषाढ ०२, २०८२

सिमकोट । आइतबार राति हुम्लाको सर्केगाड गाउँपालिका-३ उनापानीको औल गाउँमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका पिडितलाई पहिलो राहत सिमकोट गाउँपालिकाले प्रदान गरेको छ । सिमकोटले रु पचास हजार मुल्य बराबरको आठ क्वीन्टल चामलको ३२ बोरा राहत पठाएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

आठ घर जलेर नष्ट भएका पिडित र आंशिक क्षति भएका पिडितका लागि उक्त खाद्यान्न चामल राहत पठाएको अध्यक्ष भण्डारीले बताउनुभयो । सर्केगाडबाट राहत सामग्री सोमबारसाँझ सम्म पुग्ने भएको बताइएको छ ।

एक स्थानीय तहले अर्को स्थानीय तहका नागरिक पिडित हुँदा थोरै भएपनि उनीहरुलाई सहयोग पुगोस् भनेर खाद्यान्न पठाएको हो । यतिबेला आगलागी पिडितलाई खाने गाँस र बस्ने बासको समस्या भएको हुँदा तत्कालका लागि खाद्यान्न सहयोग गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

यस्तै सर्केगाड गाउँपालिकाले पनि राहत वितरणका लागि तयारी गरिरहेको बताइएको छ । भने नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाले पनि राहत सामग्री लिएर गएको जानकारी प्राप्त भएको छ । रेडक्रसले पाल, कम्बल लगायतका सामग्री लिएर सिमकोटबाट अहिले आगलागी क्षेत्रमा प्रस्थान गरेको छ ।

त्यसैगरी आगलागी स्थानमा सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, प्रहरी नायव उपरीक्षक शंकर पोखरेल पनि जानुभएको छ ।

आगलागीबाट विर्ख रावत, धन बहादुर रावत, जनक रावत, बाटुल्ली फडेरा, अक फडेरा, आशा फडेरा, पाले फडेरा, लालकौरा फडेराको घर जलेर पूर्ण नष्ट भएको छ । साथै अन्य आसपासका १२ जनाका घरमा पनि आंशिक क्षति भएको छ । आगलागीबाट के कति भएको छ भन्ने बारे प्रहरीले मुचुल्का उठाइरहेकाले क्षतिको विवरण अझै आउन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]