सिमकोट । हुम्लाको स्वास्थ्य सेवा कार्यालय हुम्लाको गेट नजिककैको खेतमा शंकास्पद वस्तु भेटिएको हो । खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएको हो । कृषक सोनाम लामाले खेत जोत्ने क्रममा उक्त वस्तु भेटेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । भेटिएको शंकास्पद वस्तु पाइप बम रहेको स्थानीले बताएका छन् । भने यता जिल्ला प्रहरी कार्यालय हुम्लाले शंकास्पद वस्तु रहेको जनाएको छ ।
नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णाराज ओझाले बताउनुभयो । सशस्त्र जनयुद्धको समयमा राखिएको पाइप बम हुन सक्ने स्थानीयबासीहरूले बताउने गरेका छन् ।