दुई वर्षपछि भौतिक रूपमा एसइई

नेपालचेक समाचारदाता शुक्रबार, बैशाख ०९, २०७९

सिमकोट । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई० दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन हुँदै छ । लगातार दुई वर्ष कोभिड– १९ का कारण भौतिक रूपमा एसइई परीक्षा नहुँदा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेकोमा यस वर्ष राष्ट्रियस्तरमै परीक्षा सञ्चालन भइरहेको छ ।

यस पटकको माध्यमिक शिक्षा परीक्षा ९ एसईई० मा ९४ प्रतिशतभन्दा बढी परीक्षार्थीले सहभागिता जनाएका छन् ।

जिल्लाका ६ वटै परीक्षा केन्द्रमा गरी ९४ दशमलव ५० प्रतिशत परीक्षार्थी सहभागी छन् । एसईईका लागि एक हजार १४६ जनाले परीक्षामा आवेदन भरेकामा एक हजार ८३ जनाले पहिलो दिनको परीक्षामा सहभागीता जनाए ।

सहभागिता जनाउनेमा छात्राको संख्या ५२१ र छात्रको संख्या ५६२ छ। परीक्षामा ६३ जना भने अनुपस्थित भए । पहिलो दिनको अंग्रेजी विषयको परीक्षा जिल्लाभर शान्तिपूर्ण किसिमले सञ्चालन भएको थियो ।

त्यस्तै, एसईईमा हुम्ला जिल्लाबाट चार जना अपांगता परीक्षार्थीले सहभागिता जनाएका छन् । तीन जना छात्र र एक जना छात्राले सहभागिता जनाएका थिए ।

यस वर्ष मूल्यांकनको आधारसमेत परिवर्तन भएको छ । विद्यार्थीको ग्रेडिङमा मूल्यांकनका लागि न्यूनतम ३५ अंक ल्याउनुपर्नेछ । यसअघि ३० अंक ल्याउनेको ग्रेड डी प्लस हुने र माथिल्लो कक्षामा अध्ययनका लागि अधिकांश विषयमा अवसर हुन्थ्यो । तर, यो वर्षदेखि ३५ अंकभन्दा कम आउनेको ग्रेडिङ नै नहुने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार ३५ अंकलाई डी ग्रेड मानिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]