सिमकोट । जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छोड्नु परे अनिर्वाय रुपमा प्रमुख जिल्ला अिधकारीको अनुमति लिनुपर्ने भएको छ । कार्यालय प्रमुखहरु ध्ेरै जनाले जिल्ला छोड्दा आफु खुसि जाने र गएल समेत रहेको देखिएपछि नयाँ प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिनुभएको हो ।
हुम्लामा सरुवा भएर जिल्लामा आएको पहिलो दिन नै कार्यालय प्रमुखहरुसँको छलफल कार्यक्रममा प्रजिअ परियारले लिखित रुपमा कार्यालय प्रमुखले जिल्ला छोड्दा अनिवार्य रुपमा प्रेजिअको अनुमति लिनुपर्ने निर्णय गरिएको छ । निर्वाचन पनि आएकोले कर्मचारी विवरण माग्नुपर्ने, धेरै कार्यालय प्रमुख जिल्ला छोड्दा आफुखुसि जाने, हाजिरीमा समेत धेरै गएल देखिएपछि यो निर्णय गरिएको हो ।
त्यसैगरी छलफल कार्यक्रममा जिल्ला स्थित सबै सरकारी कार्यालयहरुले कुल दरबन्दी संख्या, पदपुर्ती संख्या, रिक्त पद संख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने, सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्य रुपमा सरकारी नम्बर रहेको मोवाईल प्रयोग गर्नुपर्ने, कार्यालयको वेभसाईट र फेसबुक नियमीत सञ्चालन गर्नु पर्ने र त्यसमा कार्यालयद्धारा सम्पादन गरिने गतिविधिहरु अध्यावधिक गर्नु पर्ने, सबै कार्यालयहरुले अनिवार्य रुपमा त्रैमासिक रुपमा तयार गरिएका गतिविधिहरु सात दिनभित्र प्रशासनमा पेश गर्नुपने समेत निर्देशन दिए अनुसार निर्णय भएको छ ।
केही छाडा जस्तै देखिएका सरकारी कार्यालयहरुले प्रजिअ परियारको यो कदमले नियमसँग किसिमले बढ्न बाध्य पारेको छ । जिल्लामा उपलब्ध कार्यालय प्रमुखहरुको छलफलमा सहभागीता रहेको थियो । प्रजिअ परियार सोमबार हुम्ला आई पुग्नु भएको हो ।