सिमकोट । हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकुल मौसमका कारण आज उडान हुन नसकेको हो । आज विहानबाट जिल्लामा बाक्लो बादल लाग्नुका साथै केही स्थानमा हिमपात र वर्षा भएका कारण हवाई सेवा अवरुद्ध हुन पुगेको हो । सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाईसेवा खराब मौसमका कारण उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ ।
हरेक दिन विहानैबाट उडान भर्दै आएका जहाजले आइतबार उडान भर्न नसकेका हुन् । हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन नसकेको हो । यस्तै जिल्लाबाहिर जाने सिमकोटमै रोकिएका छन् भने जिल्लाबाहिरबाट हुम्ला पुग्ने यात्रुसमेत नेपालगञ्जमै रोकिएका हुन् ।
नेपागलञ्जबाट हुम्ला पुग्ने यात्रु एर्पोटमै उडानको प्रथिक्षा रहेपनि खराब मौसमले सिता, समिट, तारा र नेपाल एयरलाइन्सले उडान भर्न नसकेको जानकारी प्राप्त भएको छ । आज रातीबाट क्रमिक मौसम खुल्दै जाने देखिएको छ । भने भोलीबाट हुम्लाको मौसम सफा रहने भएको छ । जिल्लाको उत्तरी भेगमा हल्का हिमपात भएको छ । भने दक्षिण भेगमा समेत उच्च भूभागमा हिमपात र होचो स्थानमा पानी परेको हो ।
गर्मि महिना सुरु भएपनि हुम्लामा चिसो यथावत नै रहेको छ । सिमकोटको तापक्रम अझै माइनस १० डिग्री सम्म रहेको छ । भने उत्तरी क्षेत्रको तापक्रम त्यो भन्दा बढी रहेको छ ।