सिमकोट । निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै नेकपा (एमाले) को भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन हुम्लाले सोमबार एक प्रेस विज्ञप्ती निकालेको छ । पाँच दलिय सत्ता गठनबन्धको परमादेशी सरकारले स्थानीय तहको निर्वाचनलाई धकेल्न खोजेको अनेरास्ववीयु हुम्लाको आरोप छ ।
सरकार निर्वाचनबाट पछाडि हटे अनेरास्ववीयले देशभर आन्दोलन गर्नुका साथै लाखौं नेपाली जनतालाई लोकतन्त्र बचाउने लडाइँमा पुनः एकपटक सडकमा उतार्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार वर्तमान सत्ता गठबन्धन हुने अनेरास्ववियूका जिल्ला अध्यक्ष जयराज सन्ज्याले बताए ।
संविधानविपरीत सत्ता गठबन्धनको विभिन्न बहानाबाजीमा निर्वाचनबाट हारिने डर र अप्राकृतिक गठबन्धनलाई कृत्रिम रुपमा लम्ब्याउन सकिन्छ कि भन्ने अभिलाषा प्रस्ट देखिएको अनेरास्ववीयु हुम्लाको आरोप छ । यस्ता कुकर्मको भण्डाफोर गर्दै आम जनसमुदायलाई संविधानको रक्षाको निम्ति आ–आफ्नो क्षेत्रमा स्थानीय तहको निर्वाचनको पक्षमा जुट्न अनुरोध गर्ने जिल्ला अध्यक्ष सन्ज्याले बताए ।
संविधानको धारा २२५ ले स्थानीय तहको निर्वाचनपश्चात गाउँ र नगरसभा गठनका लागि समय लाग्छ भनेर छ महिनाभित्र गाउँरनगर सभा निर्वाचन भनेकोले धारा २२५ को अपव्याख्या गरी स्थानीय तहको निर्वाचन सार्न नमिल्ने बताइएको छ । स्थानीय तहका पदाधिकारीको पाँच वर्षे पदावधि ५ जेठ २०७९ मा समाप्त हुँदै छ । दलीय स्वार्थमा अल्झिएर यो नागरिक अधिकार छिन्न पाउने छुट वर्तमान गठबन्धन सरकारलाई नभएको उनको भनाई छ ।
यस्तो छ विज्ञप्ती
वर्तमान परमादेशी सरकार संविधान विपरीत स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरेर संविधान माथि प्रहार गर्ने कार्य गरि गरिरहेको छ । स्थानीय तहहरुलाई जनप्रतिनिधि विहिन बनाएर देशलाई थप अस्थिरता तर्फ धकेल्ने प्रपञ्च प्रति अनेरास्ववियु जिल्ला कमिटि हुम्लाको गम्भिर ध्यानार्कषण भएको छ । लोकतन्त्रको मुल मर्म संवैधानिक सर्वोच्चता, कानूनी शासन र आवधिक निर्वाचन हो । लोकतान्त्रिक व्यवस्थालाई सुदृढिकरण गर्नको लागि अनेरास्ववियु तत्काल निर्वाचनको मिति घोषण गरेर समयमै निष्पक्ष निर्वाचन गर ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
अन्यथा विधिको शासन कानुनी सर्वोच्चता र लोकतान्त्रिक प्रणलीको रक्षाका निम्ति अनेरास्ववीयु आन्दोलनमा उत्रन बाध्य अुनेट र उत्पन्न परिस्थितिको जिम्मेवार वर्तमान परमादेशी गठवन्धन सरकार हुने छ ।