सिमकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले अदानचुली गाउँपालिका वडा -२ को तेस्रो बैठक सम्पन्न भएको छ ।
एमाले अदानचुली वडा -२ का वडाध्यक्ष हिर भण्डारीको अध्यक्षतामा नेकपा एमाले अदानचुली गाउँ कमिटीका अध्यक्ष बुध भण्डारीको प्रमुख आथित्यमा एमाले जिल्ला कमिटी सदस्य तथा वडा -२ का वडाध्यक्ष दल बहादुर बुुढाको विषेश आतिथ्यमा बुधबार बैठक सम्पन्न भएको हो ।
अदानचुली तेस्रो बैठकमा नेकपा एमाले अदानचुली वडा – २ भित्रका सम्पुर्ण वडा अबिधेशन बाट निवार्चित प्रतिनिधिहरुका साथै अगुवा नेता तथा कार्यक्रताहरुको उपस्थितीमा बैठक बसेको नेकपा एमाले अदानचुली वडा नम्बर दुईका सचिव नेत्र बुढाले बताए ।
सचिव बुढाका अनुसार कोभिढ-१९ संक्रमण बाट आफु बचौँ र अरुलाई बचाउ भन्ने उदेश्यका साथ अदानचुली वडा नम्बर २ मा रहेका बाटोघाटो, पानी पधेरो आगन, गाउँटोलमा यहि माघ १० गते सरसफाई गर्ने निर्णय बैठकले गरेको छ ।
यसका साथै वडा नम्बर २ मा यहि माघ १० गते देखी मास्क वितरण गर्ने, अदानचुली वडा ३ का नागरीकहरुको समस्या बुझेर समस्या समाधान गर्नका लागि सम्बन्धित निकायसँग पहल गर्ने निर्ण गरेको जानकारी प्राप्त भएको छ ।