विद्युत पावरआउसमा क्षेति दुई हप्तादेखि स्थानीय अन्धकारमा

नेपालचेक समाचारदाता बिहिबार, कार्तिक १८, २०७८

सिमकोट । विद्युत पावरहाउसमा क्षेती पुराएपछि स्थनीयबासी उज्यालोबाट बन्चित भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ५ मा रहेको लुमखोला घट्टेखोला जलविद्युत आयोजना याङ्चुको पावरहाउसमा क्षेती पुराएपछि यहाँका स्थानीय उज्यालोबाट बन्चित भएका हुन् ।

गत असोज ३१ गतेबाट तीन दिनसम्म लगतार परेको अविरल वर्षाका कारण मुहानको लहरदेखि पावरहाउसको भित्रैसम्म पानी पसेपछि दुई हप्तादेखि घट्टेखोला विद्युत बन्द भएको लुमखोला घट्टेखोला जल विधुत आयोजनाका अप्रेटर बालकृष्ण शाहीले जानकारी दिए ।

२० वाट क्षमता रहेको विद्युतको मेसीनहरुमा पानी छिरेपछि दुई हप्तादेखि वडा ५ का स्थानीय उज्यालोबाट बन्चित भएका हुन् । पानीले मेसिन खराव गरेको जानकारी विधुत व्यवस्थापन समितिका पदाधिकारीहरुलाई गराउँदा समेत त्यतातिर कसैको ध्यान जान नसकेको अप्रेटर शाहीले गुनासो गरे ।

हाल उक्त विद्युत बन्द भएपछि वडा ५ का करीव ८० घरदुरीका सेवाग्राही प्रभावित भएका छन् । उक्त विधुत २०७१ सालबाट सञ्चालनमा आएको हो । अविरल वर्षाले बन्द भएको विद्युतको पुनः सुचारुका लागि व्यवस्थापन समितिले व्यवस्थापन वास्था नगरेमा पावरहाउसमा ताला लगाइने भएको स्थानीयले बताएकमा छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]