सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा आइतबारदेखि सञ्चालन भएको कानको शिविर सम्पन्न भएको छ । कान सम्बन्धिको शिविरमा पाँच सय जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।
गाउपालिकाको आयोजनामा तथा ब्रिनोज कान स्वास्थ्य सामुदायीक सेवा नेपालगन्ज फुलटेग्राको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालनभएको हो । कान सम्बन्धि समस्या भएका विरामीले जिल्ला अस्पताल अथवा जिल्ला बाहिर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै तीन दिनसम्म सञ्चालन भएको शिविर सम्पन्न भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विनोद बुढाले बताउनुभयो ।
संयोजक बुढाका अनुसार, दुइ सय ९६ जना पुरुष र दुई सय चार जना महिलाले कानको समस्याको सेवा लिएको उहाँले बताउनुभयो । जसमा अप्रेसनका लागि ३४ छनोट भएका छन । भने एक सय बाइस जना कान पाक्ने समस्या विरामीले चेकजाँच गर्नुका साथै उपचार गराएका छन् । यस्तै पाँच जना भने कान पाक्ने जटिल समस्या भएका विरामी रहेका छन । भने १५ जनालाई हेरिङ एडको लागि सिफारिस गरिएको स्वास्थ्य संयोजक बुढाले जानकारी दिनुभयो ।