गरिब विपन्न महिलालाई ताँजकोट गाउँपालिकाले वितरण गर्यो उन्नत जातका बाख्रा

Nepal Chek बिहिबार, बैशाख ०६, २०८१

सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजकोट गाउँपालिकाले गरिब विपन्न महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ ।

गाउँपालिकाको वडा नम्बर १ जिबानामा रहेको कुलदेवसिल्तो महिला आमा समुहका ३५ जना सदस्यलाई उन्नत जातका बाख्रा वितरण गरिएको हो । आमा सहुहका प्रत्येक सदस्यलाई एक–एक वटा बाख्रा गाउँपालिका अध्यक्ष लालकेश जैसीले वितरण गरिएको स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो ।

महिलालाई आत्मनिर्भर तथा व्यवसायिक पशुपालन व्यवसाय विस्तारका लागि गाउँपालिकाले नेपाल सरकारको पोषण सुधारका लागि बिपन्न समुदायका महिला सदस्यहरुको आय आर्जन सुधार कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएको संयोजक ढकालले बताउनुभयो ।

आर्थिक वर्ष २०८०÷०८१ को नेपाल सरकारको स्वास्थ्य तर्फको सर्शत बजेटले वडा–१ मा रहेका उक्त समुहका महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको हो । गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा एक वडाका एक समुह भित्र रहेका महिलालाई उन्नतत जातका बाख्रा वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

यहाँका गरिब, विपन्न तथा दलित महिला किसानलाई व्यवसायी बनाउन र व्यवसाय उत्पादनमा जोड दिनका लागि बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष जैसीले बताउनुभयो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]