११ महिनापछि लिमीका बालबालिकाले पाए नियमीत खोप

Nepal Chek बुधबार, चैत्र २८, २०८०

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका –६ लिमीका बालबालिकाकाले ११ महिना पछि नियमीत खोप लगाउन पाएका छन् । जन्मेदेखि १५ महिनासम्म लगाइनुपर्ने नियमीत खोप ४ जना बालबालिकाले ११ महिनापछि लगाउन पाएका हुन् ।

लिमी जानका लागि हिमपातले बाटो अवरुद्ध भएपछि तील, जाङ र हल्जी गाउँका चार जना बालबालिकाले जेष्ठ महिनायता बुधबार नियमीत खोप लगाउन पाएको लिमी स्वास्थ्यचौकीका इन्चार्ज गोरख बहादुर भण्डारीले बताउनुभयो । लिमी जिल्लाको उच्च क्षेत्रमा पर्ने भएकाले हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी हुन नसकेर नियमीत खोप लाउन नपाएको स्वास्थ्यचौकीका इन्चार्ज भण्डारीले बताउनुभयो । लिमी पुग्ने बाटो सामान्य खुलेपछि गाउँपालिका एक जना कार्यालय सहयोगीले बोकेर मंगलबार पुर्याएपछि आज बुधबार बालबालिकालाई खोप लगाएको उहाँले बताउनुभयो । हिउँद याममा लिमी जाने बाटो नारा र न्यालु लेखको बाटो बन्द हुँदा आवतजावत गर्न नसकिने भएर नियमीत खोप लगाउन नपाएका बालबालिकाले आज खोप पाएका हुन् ।

यस्तै पाmगुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको ९ महिनादेखि माथिका र ५ वर्षदेखि मुनिका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप समेत आज बुधबार लगाइएको लिमी स्वास्थ्यचौकीका इन्चार्ज भण्डारीले बताउनुभयो । मङ्सिर महिना यतादेखि चैत तेस्रो सातासम्म हिउँद यामको हिमपातले बाटो नखुल्दा दादुरा–रुवेला विरुद्धको खोप यो अभियानको समयमै लगाउन नपाएका हुन् ।

वडा–६ लिमीका तील, जाङ र हल्जी गाउँका १३ जना बालबालिकाले देशभर सञ्चालन भएको दादुरा–रुवेला खोप लगाउने अभियान सम्पन्न भएको २१ दिनपछि उक्त खोप पाएका हुन् । चैत ७ गते दादुरा–रुवेला खोप लगाउने अभियान सम्पन्न भएको थियो ।

देशभर सञ्चालन भइरहेको दादुरा–रुवेला विरुद्धको खोप लगाउने अभियानको समयमा लिमी पुग्ने मुख्य बाटो नारा र न्यालुमा हिउँ जमेर बाटो बन्द भएको थियो । नियमीत र दादुरा–रुवेला विरुद्धको खोप कार्यालय सहयोगीले पुर्याएसँगै ती बालबालिकालाई खोप लगाइस्एको हो ।

लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुई जना स्वास्थ्यकर्मी खटिएर सेवा दिएको गाउँपालिकाले जनाएको छ । इन्चार्ज भण्डारी सहित अर्का स्वास्थ्यकर्मी लोग बोहराले हिउँद याममा खटिएर यहाँको नागरीकको सेवा दिएको जनाइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]