सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी युवक निपेन्द्र छत्याललाई ब्लड क्यान्सर भएर उपचारका लागि आर्थिक अभाव भएको छ । ब्लड क्यान्सर भएर जीवन–मृत्युसँग लडिरहेका छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन बुवा विष्णु बहादुर छत्यालले आग्रह गर्नुभएको छ ।
छोराको उपचार गर्न घरमा आर्थिक नपुग्ने भएकाले जिल्ला स्थित विभिन्न संघसंस्था, सरकारी कार्यालय लगायतले जति सकिन्छ सहयोग गरिदिनु पर्यो भन्दै बुवा विष्णुले आग्रह गर्नुभएको छ । ब्लड क्यान्सर भएपछि परिवारको आर्थिक अवस्था कम्जोर हुनुका साथै अस्पतालले उपचारमा ठूलो रकम लाग्ने बताएको छ ।
अहिले ब्लड क्यान्सर भएका छत्याललाई सशस्त्र प्रहरी बल अस्पताल काठमाण्डौंमा उपचार भइरहेको बताइएको छ । उहाँले आफ्नो छोराको जीवन बचाइदिन आग्रह गर्दै माइकल छत्यालको नाममा रहेको खाता नम्बर ०६५०१०००००००२०२७ मा सहयोग रकम जम्मा गरिदिन आग्रह गर्नुभएको छ । यस्तै आर्थिक सहयोग गर्न इच्छुकले ९७४४२९९४५८,९८४८३६५८४३ मा सम्पर्क गरेर समेत सहयोग गर्न सकिने छ ।