सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्नो एक देखि आठ वडा भित्रका एक हजार नब्बे बालबालिकालाई खोप लगाउने भएको । गाउँपालिका स्वास्थ्य शाखाले आयोजनामा सञ्चारकर्मी र सरोकारवाला निकाएसँग भएको अभिमुखीकरण गोष्ठीमा यही २५ गतेदेखि ती बालबालिकालाई खोप लगाइने भएको हो ।
नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई खोप लगाइने भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर बहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार १ देखि ८ मा २० वटा खोप केन्द्रबाट बालिकालाई खोप लगाइने भएको बताउनुभयो । २५ गतेका दिन सार्वजनिक बिदा भएपनि खोप निरन्तर लगाइने भएको प्रमुख भण्डारीले बताउनुभयो ।
दादुरा–रुबेला खोप लगाउन योग्य बालबालिका वडा–१ मा ६२, वडा–२ मा १ सय ३२, वडा– ३ मा ५७, वडा–४ मा ४६, वडा–५ मा १ सय ४९ जना बालबालिका रहेका छन् । यस्तै वडा– ६ –मा २ सय ४६, वडा–७ मा २ सय ४ र वडा– ८ मा २ सय ३ गरी जम्मा १ हजार ९० जना बालबालिकालाई उक्त खोप लगाइने भएको उहाँले बताउनुभयो ।
यस्तै खोप कार्यक्रमका लागि सोमबार स्वास्थ्यकर्मीहरुलाई खोप सम्बन्धी तालिम समेत दिएको छ भने उक्त खोप केन्द्रमा २० जना स्वास्थ्यकर्मी, ४० जना स्वयम स्वयम सेवक गरी ६० जना परिचालन गरीने भएको छ ।
राष्ट्रिय खोप कार्यक्रमको फागुन १३ देखि चैत ७ सम्म सञ्चालन गर्ने निति अनुरुप स्वास्थ्य सेवा कार्यालयले २५ गते देखि सुरु गर्न शनिबार सबै पालिकालाई पत्राचार गरेसँगै पालिका भित्रका खोप केन्द्रहरुमा फागुन २५ गतेदेखी चैत ५ गते सम्म दादुरा–रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको हो । उक्त खोप लगाउने अभियानमा ९ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला रोग बिरुद्धको खोप लगाइने भएको हो ।
सञ्चारकर्मी र सरोकारवाला निकाएसँग भएको अन्तरक्रिया कार्यक्रम सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) को अध्यक्षतामा उपाध्यक्ष शुसिला रोकाया (भाम) र प्रमुख प्रशासकिय अधिकृत शुवास आलेको प्रमुख आथित्यमा सम्पन्न भएको हो । कार्यक्रयममा विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको सहभागीता रहेको थियो ।