हुम्लामा दादुरा, रुवेला खोप अभियान फागुन २५ बाट सुरु

Nepal Chek आइतबार, फाल्गुण २०, २०८०

सिमकोट । हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई अनिवार्य दादुरा,रुवेला खोप लगाउने अभियान फागुन २५ गतेबाट सुरु हुने भएको छ । पाँच वर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप लगाइनुका साथै सम्बन्धित स्वास्थ्य संस्थामा खोपकार्ड लिएर जान स्वास्थ्य सेवा कार्यालय हुम्लाले आग्रह गरेको छ ।

खोप समन्वय समिती हुम्ला, सञ्चारकर्मी र सरोकारवाला निकायसँग बसेको बैठकले यहि फागुन २५ गतेदेखि सुरु भएर चैत सात गते सम्पन्न गर्ने भएको छ । जिल्लामा सात स्थानीय तहले तोकिएकै मितीमा दादुरा, रुवेला खोप अभियान सम्पन्न गर्न सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीसँग समन्वय गरी लागि पर्न स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले आग्रह गर्नुभयो । यसका लागि स्वास्थ्य सेवा कार्यालय लागी परेको उहाँले बताउनुभयो ।

दादुरा रुवेला रोग लागेको १ जना व्यक्तिले १८ जनासम्मलाई दादुरा रुवेला रोग सार्न सक्ने भएकाले यो रोगबाट सुरक्षित रहन सम्पुर्ण बालबालिकालाई अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाउनु अति आवश्यक रहेको उहाँको भनाई थियो ।

हुम्लामा दादुरा रुवेला खोप सञ्चालनका लागी १ सय ७ वटा खोप केन्द्र स्थापना गरिएको छ । जसमा नाम्खा १५, सिमकोट २०, खार्पुनाथ १४, सर्केगाड २३, चंखेली १२, अदानचुली १२ र ताँजाकोट गाउँपालिकामा ११ वटा खोप केन्द्र तोकिएको प्रमुख सिंहले बताउनुभयो । उक्त खोप केन्द्रमा फागुन २५ गते देखि चैत ७ गते भित्र दादुरा, रुवेला खोप लगाइने भएको उहाँले बताउनुभयो ।

राष्ट्रिय खोप कार्यक्रमको सफलताले नेपालको शिशु तथा बाल मृत्युदर घटाउनमा उल्लेखनिय रुपमा योगदान पु¥याएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]