पत्रकार महासंघ हुम्लाद्वारा आर्थिक जुटाएर लास व्यवस्थापनका आफन्तले गरे संसारको अन्त्येष्टी

नेपालचेक समाचारदाता शुक्रबार, चैत्र १७, २०७९

सिमकोट । देशभर अन्य खाले रचनात्मक कार्य गरेर मनाइएको नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा महासंघको हुम्ला शाखाले आर्थिक अभावले अस्पतालको लास लग्ने कार्यमा सहयोग गरेको छ ।

महासंघ शाखाले आर्थिक जुुटाउन समन्वय गर्दै लासको दाहसंस्कार गर्न आर्थिक जुटाएर खार्पु दोभानमा रहेको मसानघाटसम्म व्यवस्थापन गरेको हो । आफन्तले विहिबार संसार घर्ती मगरको लाशको अन्त्यष्टी समेत गरेका छन् ।

महासंघ शाखाका अध्यक्ष राजन रावतका अनुुसार पोस्टमार्टमपछि अस्पतालले आफन्तलाई बुुझाएको नदीमा भेटिएको लास रुकुुम पूर्व जिल्लाको पुुथा उत्तरगंगा गाउँपालिका– ६ को मयाङ गाउँका संसार घर्तीमगरको लासलाई दाहसंस्कार गर्न आफन्तलाई आर्थिक नभएपछि लासघरमा रोकिएको लासलाई गाडीको व्यवस्था गरि खार्पु दोभानतर्फ पठाउने कार्य गरिएको बताए ।

उनले हुम्ला आइपुुगेका आफन्तको अनुुरोधमा महासंघ हुम्ला शाखाले गाडी व्यवस्थाका लागि रकम उठाउन समन्वय गरेको बताए । अस्पतालको लासघरबाट मसान घाटसम्म लैजान लागेको भाडाको व्यवस्था गर्न महासंघले समन्वय गरेको हो ।

यसका लागि महासंघको अनुरोधमा स्वास्थ्य सेवा कार्यालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले भाडाको व्यवस्था गरेका छन् । यसका लागि सहयोग गर्ने निकायलाई महासंघ शाखाले धन्यवादसमेत दिएको छ ।

यसअघि चंखेली गाउँपालिकामा पर्ने नदीको बीच भागमा ढुंगामा अडिकएको अवस्थामा भेटिएको लासको पहिचान खुलेसँगै पोस्टमार्टमपछि सो लास आफन्तको जिम्मा लगाइएको थियो।

प्रहरी र आफन्त मिलेर घटनास्थलबाट लासलाई जिल्ला अस्पताल ल्याएर पोस्टमार्टम गर्ने कार्य पूरा भएपछि बिहीबार दिउँसो आफन्तको जिम्मा लगाइएको थियो ।

मृतक घर्तीमगरकी आमा घुमीमाया घर्ती, मामा रेशम सुनार, दाइ विमल बिक र साथी महेश खड्का जिल्लामा आएका छन्। चैत १२ गते बेलुुका चंखेली गाउँपालिका– ४ को पिप्लाङ गाउँ तल पर्ने देसीखोला क्षेत्रको दर्बी कर्णालीमा पिप्लाङ गाउँका दुुई जना युवाले हर्के कुलाल र सुरज विकले माछा मार्नका लागि जाल हाल्न जाने क्रममा नदीको बीच भागमा लास ढुंगामा अड्किएको अवस्था देखेका थिए ।

लासको अनुहार नचिनिने भए पनि उनले लगाएको घडी, जुत्ता, माला र कपडाका आधारमा लासको पहिचान भएको थियो। पिप्लाङबाट मंसिर ८ गते घर्तीमगर बेपत्ता भएका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]