रैथानेबाली खाद्य संस्थालाई हस्तान्तरण

नेपालचेक समाचारदाता शनिबार, फाल्गुण २७, २०७९

सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालाई सिमकोट गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएका रैथाने बाली शुक्रबार हस्तान्तरण गरेको हो । एक कार्यक्रमका बिच सिमकोट गाउँपालिकाले हस्तान्तरण गरेको हो ।

सिमकोट गाउँपालिकाको पहलमा र नेपाल खाध्यव्यवस्था तथा व्यापार कम्पनीको आर्थिक सहयोगमा खरिद गरिएको रैथाने वाली चिनो, फापर, सिमि र काउनो सिमकोट गाउँपालिकाले नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनीलाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुसिला रोकाया, प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया र कृषि शाखा प्रमुख नेत्र शाहीको सहभागिता रहेको थियो ।

लिमिटेडको शाखा कार्यालयमा सञ्चालन भएको कार्यक्रममा स्थानिय रैथानवालीको उत्पादनलाई प्रोत्साहन गर्नका लागी पनि रैथानेवाली खरिद गरिएको , सिमकोट गाउँपालिकाभित्रको बाँझो जग्गालाई उब्जनी युक्त बनाउन र कृषकमा देखिएको अल्क्षीपना हटाउन र परनिर्भरलाई हटाइ, आत्म निर्भर बनाउनका लागी पनि रैथाने वाली खरिद गरिनुका साथै सिमकोट गाउँपालिकाले पहिलो पटक स्थानिय बालीको दररेट निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

सिमकोट गाउँपालिकाका कृषकले उत्पादन गरेको रैथानेवालीलाई सिमकोट गाउँपालिकाको पहलमा खरिद गरी जिल्ला बाहिरको पोखरा नेपालगन्ज सुर्खेत काठमाण्डौ जस्ता सहरमा बजारीकरण गरि स्थानिय उत्पादनलाई मुल्यवान बनाइने, भावि दिनहरुमा सिमकोट गाउँपालिकामा उत्पादन हुने चिनो, फापर, सिमि र काउनो मात्र खरिद नगरी अन्य वाली पनि खरिद गर्ने तिर पहल गर्ने नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी प्रमुख कृष्ण प्रसाद अधिकारीले बताउनुभयो ।
स्थानिय रैथाने बाली उत्पादन गरी सिमकोट गाउँपालिकाका स्थानियवासीलाई परनिर्भर हुनबाट जोगाइ स्थानिय पोषण युक्त अन्नबाली उत्पादन गर्ने वानी बसाली सेवन गर्नमा बढी जोड गरिने सोही गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकायाले बताउनुभयो ।

सिमकोट गाउँपालिकाले खरिद गरेको खाध्यन्न मध्य ५ कुन्टल सिमि, १२ कुन्टल चिनो,१० कुन्ट फापर र ६० केजी काउनो बजारीकरणका लागी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई हस्तान्तरण गरेको सोही गाउँपालिका कृषि शाखा प्रमुख नेत्र बहादुर शाहीले बताउनुभयो । हवाइ जहाज नियमित नहुँदा ढुवानीमा केही समस्या देखिएको र मौजात गरिएको चिनोको चामललाई जोगाइ राख्न केही कठिन देखिएको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]