सिमकोट । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकाका नागरीकका लागि हेलिकोप्टर मार्फत नुन ढुवानी कार्य भएको छ । गाउँपालिकाको पाँच वटै वडाका बस्तिमा रहेका नागरीकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुुन बिक्री–वितरण गर्ने कार्य भएको हो । प्रत्येक वडामा हेलिकोप्टरमार्फत ढुवानी गरेर नुुन वितरण गर्ने कार्य भएको जनाइएको छ ।
सबै वडामा गरी एक हजार १९७ क्विन्टल नुुन खार्पुनाथ गाउँपालिकाका लागि ढुवानी गरेर बिक्री गर्ने कार्य भएको हो । जसमा वडाअनुसार वडा नम्बर १ मा ३५० क्विन्टल, २ मा २५२ क्विन्टल, ३ मा २०३ क्विन्टल, ४ मा २०० क्विन्टलर ५ मा १५२ क्विन्टल नुुन ढुवानी गरेर बिक्री गरिएको छ ।
सप्लायर्स कम्पनीसँग गाउँपालिका अध्यक्ष कर्णबहादुुर रावलको विशेष समन्वयमा नुुन गाउँपालिकाभरीका सबै वडामा ढुवानी भएर बिक्री गरिएको हो । पहिलो पटक खार्पुनाथ गाउँपालिकावासीले आफ्नै गाउँमा वा वडामा उक्त नुुन पाएका हुन् । यसअघि सिमकोटस्थित कर्पोरेशनको शाखाबाट खरिद गर्ने गरिन्थ्यो । यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट खार्पुनाथका स्थानीयले छुटकारा पाएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताउनुभयो । हुम्लामा आयोडिनयुक्त नुुन नौ रुपैयाँ प्रतिकेजी पर्ने गर्छ ।
यसैबीच, साल्ट टे«डिङ कर्पोरेशनको बाँकी एक हजार तीन क्विन्टल नुुन हेलिकोप्टरबाट सिमकोट विमानस्थलमा ढुवानी भएको छ । पैदलमार्गबाट ढुवानी गर्न समस्या देखिएपछि सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी भइरहेको छ । दुल्लीकुनासम्म भने उक्त नुुन गाडीमा ढुवानी भएको हो चालुु वर्षको दुुई हजार दुुई सय क्विन्टल नुन फागुनमा आएर हेलिकोप्टरबाट ढुवानी सुुरु भएको थियो ।
कर्पोरेशनले यो नुन शाखाअन्तर्गतका तीन वटा गाउँपालिकाका लागि व्यवस्था गरेको हो । हेलिकोप्टरले आजभोलि दैनिक बीसभन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ । हेलिकोप्टरले नुन झुण्ड्याएर ओसारी रहेको छ ।