कर्मचारीले बुझ्न थाले निर्वाचन सामग्री

नेपालचेक समाचारदाता आइतबार, कार्तिक २७, २०७९

सिमकोट । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारीले निर्वाचनका सामग्री बुझ्न सुरु गरेका छन् । सदरमुकामभन्दा ४४ कोष टाढा रहेको अदानचुली गाउँपालिका र ४८ कोष टाढाको दुरीमा रहेका कर्मचारीले निर्वाचनमा आवश्यक पर्ने ७३ प्रकारका सामग्री बुुझेको हुन् ।

सिमकोट भन्दा टाढाको दुरीमा रहेका मतदान केन्द्रका कर्मचारीले निर्वाचनमा आवश्यक पर्ने सामग्री बुझ्न थालेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

सिमकोट भन्दा टाढा रहेको ताँजाकोट र अदानचुलीको १३ वटा मतदान केन्द्रका कर्मचारीले मतदान सामग्री बुझेको निमित्त निर्वाचन अधिकारी श्याम रानाले बताउनुभयो । ताँजाकोटका, अदानचुलीको मतदान केन्द्रमा खटिएको कर्मचारीले उक्त सामग्री बुुझेका हुन् । अदानचलीको एउटा मतदान केन्द्रले भने शनिवार उक्त सामग्राी नबुझेको बताइएको छ ।

मतदान सामग्री बुुझेको कर्मचारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझेर आइतबारबाट मतदान केन्द्रतर्फ लाग्ने कार्यालयले जनाएको छ ।

मतदान सामग्री बुुझ्ने कार्य सुुरु भएका कारण टाढाबाट नजिक हुँदै मंसिर १ गतेसम्म ५९ वटै मतदान केन्द्रमा खटिएका कर्मचारीले बुझ्नेछन् । मंसिर १ गते सबै मतदान केन्द्रका कर्मचारी पुुग्नुु पर्नेछ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]