टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटः कतारविरुद्ध नेपालको सानदार जित

नेपालचेक समाचारदाता बुधबार, मंसिर ०१, २०७८

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा गएराती नेपालले कतारलाई १ सय १९ रनले हराएको हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ । नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो ।

कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८–८ रन जोडिन । केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाईन् । कतारका पाँच खेलाडी सुन्य रनमा आउट भए ।

कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिईन् । कविता कुँवर र सिता राना मगरले २–२ तथा करुणा भण्डारीले १ विकेट लिईन् ।

यस अघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

महिला टोलीको यो टी(ट्वान्टी अन्तराष्ट्रियमा कीर्तिमानी योगफल हो । नेपालका लागि इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेलिन् । इन्दु ४७ बलमा ५५ रन बनाएर रिटायर्ड हर्ट भईन् ।

उनी खेलको प्लेयर अफ दि म्याच समेत चुनिईन् । टी–ट्वान्टी अन्तराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । टी–ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने उनी पहिलो नेपाली महिला खेलाडी समेत बनिन् ।

त्यस्तै सिता राना मगरले ३९ रन जोडिन् । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन ।

कप्तान रुबिना क्षेत्री सुन्य रनमा आउट भईन । कविता कुँवर ८ रनमा अविजित रहदा अप्सरी बेगम सुन्य रनमा अविजित रहिन् ।

कतारकी सबिजा पानायन र एन्जेलिन मारेले एक एक विकेट लिईन् । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको हो ।

विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्नेछ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]