सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले आफु माथि हातपात गरेको सोही गाउँपालिका वडा नम्बर आठका हरि ऐडीले आरोप लगाएका छन् । आइतबार कार्यालय समयमा विरामी बोक्ने एम्बुलेन्स सहयोग माग्दा कनि सहयोग नगरेको भन्दै गुनासो पोख्न पुग्दा गाउँपालिका अध्यक्ष रोकायाले आफुलाई मोबाइल छोडेको ऐडीले बताउनुभयो । केही समय अगाडि सर्केगाड […]
सिमकोट । भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाईंदैछ । पर्वमा छोराछोरीले परम्परा अनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्दै बाबुको मुख हेर्ने चलन छ । ‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप आजका दिन छोराछोरीले आफ्ना बुवालाई […]
सिमकोट । गुणस्तरी सडक निर्माण नभएको हिमाली दुर्गम जिल्ला हुम्लामा तीन वर्षको अवधिमा जिल्लाका विभिन्न क्षेत्रमा ३३ वटा दुर्घटना भएका छन । सोही दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, आर्थिक वर्ष २०७८।०७९ मा पाँच वटा दुर्घटना भएका छन् । त्यसमा जीप, ट्याक्टर, […]
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सिमानामा दुई घण्टासम्म थुनिएको कुवाडी नदी अहिले खुलेको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–२ रुम्दी र हुम्लाको ताँजकोट गाउँपालिका–१ को सिमानामा पर्ने कुवाडी दनी अहिले सामान्य पहिलाकै अवस्थामा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । शुक्रबार विहान दश बजेदेखि कुवाडी नदी १२ बजेसम्म थुनिएको थियो […]
सिमकोट । कर्णाली कोरिडोर अन्तर्गतको खार्पुनाथ गाउँपालिका वडा नम्बर एक पिउस गाउँ नजिकको सडक पाँच दिन देखि अवरुद्ध हुँदा सवारी साधन रोकिएका छन् ।जिल्लामा परेको अविरल वर्षाले उक्त सडक खण्ड अवरुद्ध भएको स्थानीयले बताएका छन् । कर्णाली कोरिडोर अन्तर्गतको सडक अवरुद्ध हुँदा पाँच दिन देखि सवारी साधनले आवतजावत गर्न नसकेको बताइएको छ । सोही सडक […]
सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाले सदरमुकाम सिमकोट तल्लो बजारमा आफै उम्रिएका गाँजाका फडानी गरेर नष्ट गरेको छ । तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पस र हिमाली बहिरा तथा बौद्धिक अपांग आवासिय विद्यालय परिसमा उम्रिएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान सुरु गरेको छ । प्रहरीले आफ्नो नियमित कार्यक्रम अनुसार गाँजा नष्ट गर्ने कार्य गरेको हो […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ को खच्चामा पर्ने कर्णाली राजमार्ग अन्तरगतको अवरुद्ध सडक खण्ड नेपाल प्रहरी र स्थानीय मिलेर खुलाउन थालेका छन् । केही दिन यता परेको निरन्तरको अविरल वर्षाले सडकमा पहिरो जानुका साथै सडक अवरुद्ध भएपछि खुलाउन कसैले चासो नदिएपछि नेपाल प्रहरी लागी परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–१ ठेहे गाउँमा जन्मिएका देउडा गायक नवराज भण्डारी शुक्रबार सदरमुकाम सिमकोटमा भव्य स्वागत गरिएको छ । गायक भण्डारी शुक्रबार हुम्लाको सिमकोट पुगेसँगै सिमकोट विमानस्थलमा खादा लगाउनुका साथै बाजागाजा सहित भव्य स्वागत गरेको जानकारी प्राप्त भएको छ । गायक भण्डारी केही महिना अघि काण्ठमाण्डौँ गएर विभिन्न देउडा गीत गाउँदा निकै चर्चा कमाउनु […]
सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । जिल्लाको मौसम खराव भएका कारण नेपालगञ्जदेखि उडान भर्दै आएका निजि एयरलाइन्सहरुको उडान दुई दिन देखि ठप्प रहेको छ । छोटो दुरीमा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा भएपनि केही दिन यता नियमीत मौसम खराब हुनुका साथै पानी परिरहेका कारण उडान हुन नसकेको नागरीक […]
सिमकोट । बुधबार बिहान हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जना थप उपचारका लागि जिल्ला बाहिर उद्धार गरिएको छ । दुर्घटनामा परेका चालक सहित तीन जनालाई दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । बुधबार बिहान ८ बजे चंखेली गाउँपालिकाको दार्मा गौरी सल्ला […]