सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर बढेपछि हुम्लाको सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध सचेत रहनका लागी ‘तपाईको मास्क खोई ’ अभियान शुरु गरेको छ । शनिबारदेखि अभियान शुरुभएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरीरहेका सर्वसाधरणहरुलाई मास्क समेत वितरण गरीएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय हुम्लाले ‘तपाईको मास्क […]
हुम्लामा पहिलो पटक शव जलाउने घाट बनेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलो पटक शब जलाउने घाट निर्माण भएका छन् । नदीको तिरमा लाश जलाउने कार्य भई रहेको बेला त्यसलाई नदीको वहावबाट बच्न र व्यवस्थित लाश जलाउनका लागि घाटको निर्माण गरिएको हो । कर्णाली नदीको तिरमा लाश जलाउने […]
सिमकोट । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी […]
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । नेपाल […]
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धाणर समितिले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दुई दिनसम्म काठमाडौंमा बसेको बैठकले देशमा बढेको महंगी र अन्य क्षेत्रका कामदारको पारिश्रमिकमा वृद्धि हुँदा पनि श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक २०७५ सालदेखि पुनरावलोकन नभएको भन्दै समितिले कार्यदल गठन गरेको समितिका […]
काठमाण्डौ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो । बोर्ड (एसईई) हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले परीक्षा प्रकाशनको अन्तिम चरणमा आफूहरू पुगेको र कार्यालयको […]
काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको हाे । काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आज बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ । एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको बालाजु […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयमा कक्षा ११ को परीक्षामा केन्द्रमा १३ दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा खार्पुनाथ गाउँपालिका–५ बाम्टा घर भई सदरमुकामस्थित मानसरोवर माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी किउरी सुनारले सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् […]
काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ । पछिल्लो दिनमा संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ । मन्त्रालयले शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ […]
गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन्। विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच वटा परीक्षा […]