बराहदल गुल्म रानिवनमा वृक्षारोपण (तस्विर हेर्नुहोस्)

सिमकोट । निजामति सेवा दिवसको अवसरमा हुम्लाको बराहदल गुल्म रानिवनले वृक्षारोपण गरेको छ । नेपाली सेनाको बराहदल गुल्म रानिवन ब्यारेकले निजामती सेवा दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो । वन सम्पदाको संरक्षण एवम् जगेर्ना गर्दै वातावरणलाई दिगो योगदान दिने उदेश्यका साथ बराहदल गुल्म रानिवनले उक्त कार्यक्रम गरेको थियो । सैनिक र नागरिकको सम्वन्धलाई प्रगाड […]

हुम्लामा खुल्न थाले विद्यालय

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा लामो समय सम्मको कोरोना कहरले बन्द रहेका सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आउन थालेका छन् । जिल्लामा कोरोना संक्रमणको दर कम हुँदै गएपछि जिल्लाका सातवटै गाउँपालिकाले आफ्ना मातहातमा रहेका शैक्षिक गतिविधी सञ्चालनमा ल्याउन थालेका हुन् । जिल्ला डिसिसिएसिमको भदौ १४ गते सोमबार बसेको बैठकले जिल्लाभरी रहेका सामुदायिक तथा संस्थागत […]

चीनले भन्यो ः नेपालसँग कुनै सीमा विवाद छैन, केही व्यक्तिले उछाल्ने काम गरे

काठमाडौं । चीनले नेपालसँगको सीमालाई लिएर नेपाल र चीनबीच कुनै विवाद नरहेको स्पष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको स्पष्ट पारेका हुन् । ‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भइसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल […]

पर्वत र पोखरामा बाढी पहिरोमा परी १२ जनाको मृत्युु

काठमाडौँ । मनसुनजन्य विपत्मा परी शुक्रबार १२ जनाको ज्यान गएको छ । मनसुन सक्रिय रहेको अवस्थामा गएको बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार पर्वतका विभिन्न चार स्थानमा बिहीबार रातिदेखि नै पहिरो जानेक्रम जारी रहेको अवस्थामा पहिराले पुरिएर ११ जनाको र पोखरामा पहिरोमै परी […]

सिमकोटमा आज विहान देखि राती सम्म विद्युत सेवा आंशिक विद्युत आपूर्ति हुने

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा आज शनिवार विहान देखि राती दश बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेभएको छ । केही दिन अगाडी पहिरोले वितरण केन्द्रको संरचनामा क्षेति पुर्याएपछि मर्मत गर्नु पर्ने भएका कारण शनिवार विहान ५ बजेदेखि राती १० बजेसम्म आंशिकरुपमा मात्रै विद्युत सेवा सन्चालन हुने भएको नेपाल विद्युत प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ । […]

बाढीले काठे पुल बगायो, स्याम्ने गाउँका स्थानीय त्रसित

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर चार तीनको विचमा रहेको काठे पुल बाढीले बगाएको छ । विहिबार राती आएको बाढीले काठे पुल बगाउँदा वडा १,२,३ र खापुनाथ गाउँपालिका वडा ५ का नागरीक स्थानीय लगायत बटुवालाई आवतजावतमा कठिनाई बनाएको छ । अविरल वर्षासँगै हेल्दुम खोलामा आएको बाढीले उक्त क्षेत्रको पुल बगाएको स्याम्ने गाउँका स्थानीय भ्यायल […]

हुम्लाबाट पोखरा उडान ४७ पर्यटक बाहिरीए, (तस्विर सहित)

सिमकोट । हुम्लाको एक मात्रै सिमकोट विमानस्थलमा आज आन्तरीक तथा बाहिय पर्यटकले चहलपहल निकै बढेको थियो । चर्चित सद्गुरुको टोली मानसरोवर कैलाश दर्शन गरेर फिर्ता भएसँगै सिमकोट विमानस्थलमा यात्रुको चापले सिमकोट विमानस्थल आज व्यस्त देखिएको थियो । आज तारा र समिट एयरलाइन्सले हुम्लाबाट सिधै पोखरा उडान गरेको जानकारी प्राप्त भएको छ । तारा एयरलाइन्सले तीन […]

हुम्लाको सीमा विवाद अध्ययन गर्न समिति गठन

सिमकोट ।  हुम्ला जिल्ला स्थित उत्तरीक्षेत्रको सीमानासँग देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले एक अध्ययन समिति गठन गरेको छ । बुधवार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमि लाप्चादेखि हिल्सा सिमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन तयार गर्न गृह मन्त्रालयका सहसचिवको संयोकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । […]

कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आज बसेको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा सञ्चालन गर्ने […]

भदौ २७ बाट सिमकोट गाउँपालिका विद्यालय सञ्चालनमा आउने

सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय यही भदौ २७ गतेबाट सञ्चालनमा आउने भएको छन् । बुधबार बसेको सिमकोट गाउँपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]