
सिमकोट । हुम्लामा रहेको लामा साँस्कृतिक मच्चको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार उद्दघाटन सत्र सम्पन्न गरी छेपाल दोर्जे लामालाई सर्वसहमतीबाट मञ्चको अध्यक्ष पदमा निर्वाचीत गरिएको छ । साँस्कृतिक मञ्चको अध्यक्षमा लामा सहित ११ जना सदस्य निर्वाचीत भएका छन् । जसमा उपाध्यक्षमा प्रेम बहादुर लामा, कोषाध्यक्षमा छिरिङ पाल्मु लामा, सचिवमा सूर्य बहादुर लामा […]
सिमकोट । सरकारले मातृ मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ ल्याइएको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत हुम्लाको सिमकोट गाउँपालिका–७ चौगनफयाका सुत्केरी आमाले पाउने सुविधा अझै नपाएको गुनासो गरेका छन् । साउन महिना देखि पुस महिनासम्म चौगनफया सामुदायिक स्वास्थ्य इकाईमा सुत्केरी भएका ८ जना महिलाले गर्भजाँच गराएको बापतको रकम नपाएका हुन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत […]
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा तीन दिनदेखि अज्ञात रोग फैलिनुका साथै पशुवस्त मर्न थालेका छन् । अचानक पशुवस्तु सुनिने, घाँस नखाने, ¥याल छोड्ने जस्ता रोगका लक्षणले थालि गाउँका पशुवस्तु थला परेका छन् । थाली गाउँका स्थानीय काले रावलको दुई वटा पशु मर्नुका साथै गाउँका अन्य १५ देखि २० पशुवस्तुमा यस्तो खालको रोग देखिनुका […]
सिमकोट । कालिकोट जिल्ला महाबै गाउँपालिका वडा नम्बर ६ कुनी निवासी हाल हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँच बस्दै आउनुभएकी श्री लक्ष्मी कुमारी शाहीको सिटिभी अन्तर्गत TSLC IN LIVESTOCK PRODUCTION ANIMAL HEALTH को काउन्सील प्रमाण पत्र हराएको हुँदा भेटाउनु हुने जो कोहीले सम्पर्क गरि दिनुहोला । शाहीको रजिष्टेशन नम्बर JV, 01240,019 रहेको छ । भने […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात भएको छ । हिमापात हुँदा अन्तरजिल्ला जोड्ने एक मात्रै हवाइ सेवा अवरुद्ध भएको छ । गएराती देखि हिमपात हुँदा नेपालगञ्ज र सुर्खेतबाट कुनै पनि जहाजले उडान भर्न नसकेका हुन् । लामो समयदेखि हिमपात नहुँदा खडेरी हुने चिन्तामा रहेका किसानको मुहारमा खुसी छाएको कृषक कर्ण बोहराले बताउनुभयो । […]
मुगु । मुगु जिल्ला खत्याड गाउँपालिकाका सम्पुर्ण अपाङ्गता भएका ‘क’ बर्गका ६ जना बालबालिकाहरुलाइ बाल बिकास समाजको सहयोग, हामी नेपालको प्राविधिक सहयोग र खत्याड गाउँपालिकाको समन्वयमा सोही संस्थाका प्रतिनिधि अनिल बानियाको अध्यक्षतामा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको उपस्थितीमा अपाङ्गता भएका बालबालिकालाइ व्हीलचियर हस्तान्तरण गरिएको छ । अपाङ्गता भएका बालबालिकाहरुको नाम बाचन गरेर प्रमुख अतिथि […]
सिमकोट । एक जना गर्भवती महिला हुम्लाको सदरमुकाम सिमकोटको बाटोमा सुत्केरी भएकी छन् । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोट घर भएकी हाल सदरमुकाम सिकमकोटमा बस्दै आउनु भएकी २६ वर्षिया रुपशिला विकले बाटोमै बच्चा जन्माउनुभएको हो । अस्पताल लैजादै गर्दा विच बाटोमा सुत्केरी भएर विकले छोरा जन्माएको उहाँको श्रीमान हिरबहादुर विकले बताउनुभयो । तीन […]
सिमकोट । हुम्ला जिल्लाको विभिन्न गाउँ वस्तिहरुमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालो (झरो) को राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली,ताँजकोट गाउँपालिकामा मनाइएको छ । भुवो पर्वको आफ्नै पहिचान झल्काउने कला संस्कृतिसहित प्रदर्शन गर्दै मनाइएको हो । जिल्लका अधिकांश गाउँपालिकामा आ–आफनो गाउँ टोलबाट सुरु भई विभिन्न वस्तिमा सल्लाको […]
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका– ५ का २२ वर्षीया अंशु बुढाको कडा खाले निमोनियाले उपचारका क्रममा बाजुरा जिल्लाको कोल्टीमा रहेका प्राथमिक उपचार केन्द्रमा सोमवार राति मृत्यु भएको हो । सुत्केरी भएको दश दिन पछि २२ वर्षीया युवतीको निमोनियाले ज्यान गुमेको छ । सुत्केरी भएको एघारौँ दिनमा बुढाको उपचारका क्रममा मृत्यु भएको ताँजाकोट […]